शुक्रबार, वैशाख १४, २०८१
03:36 | ०८:२१

यूकेमा संक्रमण घट्दो: भाइरस फैलिने दर अगस्टयताकै न्यून

नेपाली लिङ्क नोभेम्बर २८, २०२०

R number UK

लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमण फैलिने दर पछिल्ला दिनमा केही सुस्त बनेको छ । शुक्रबार जारी एक सरकारी तथ्यांकले हाल संक्रमण दर गत अगस्ट महिनायताकै सबैभन्दा न्यून बिन्दुमा रहेको देखाएको छ ।  

संक्रमण दरको मापक ‘आर नम्बर’ अहिले शून्य दशमलव ९ देखि १ को बीचमा रहेको बताइएको छ ।  

‘आर नम्बर’ १ रहँदा एक जना संक्रमितले अर्को एक जनामा संक्रमण सार्ने सम्भावना रहेको ठानिन्छ । त्यसैले ‘आर नम्बर’ १ भन्दा तल हुनुले संक्रमण घट्दो छ भन्ने देखाएको छ । केही महिनाअघि बेलायतमा महामारीको पहिलो उत्कर्षका बेला ‘आर नम्बर’ ३ सम्म पुगेको थियो ।  

कोभिडविरुद्धको भ्याक्सिन उपलब्ध नहुने बेलासम्म ‘आर नम्बर’ लाई १ भन्दा माथि जान नदिने लक्ष्य बेलायत सरकारको छ ।  

पछिल्लो समय बेलायतमा संक्रमणको विस्तार माइनस २ प्रतिशतले भइरहेको भनिएको छ । जसको अर्थ अब दैनिक संक्रमणका केसहरु घट्दै जानेछन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू