शुक्रबार, वैशाख १४, २०८१
10:43 | १५:२८

परोपकारी कार्यलाई पैसा पठाउँदा आईएमई लण्डनले रकम थप गरिदिने

नेपाली लिङ्क नोभेम्बर २६, २०२०

लण्डन । बेलायतबाट सञ्चालित रेमिट्यान्स कम्पनी आईएमई लण्डनले सामाजिक कार्यका लागि रकम पठाउने सेवाग्राहीको लागि विशेष योजना ल्याएको छ ।

परोपकारी उद्धेश्य राखेर आईएमई लण्डनमार्फत नेपाल पठाइएको पैसामा कम्पनीका तर्फबाट समेत निश्चित रकम थप गरेर नेपालमा जम्मा गराइदिने घोषणा निर्देशक कमल पौडेलले गरेका छन् ।

बेलायतबाट संस्थागत रुपमा नेपाल पठाइएको रकममा आईएमई लण्डनका तर्फबाट शून्य दशमलव ७ प्रतिशत रकम थप गरिने उनले बताए ।

‘सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्था र अभियन्तालाई हौसला प्रदान गर्ने हाम्रो लक्ष्य छ’, निर्देशक पौडेलले नेपाली लिंकसंग भने, ‘समुदायमै आधारित व्यवसायका रुपमा समाजप्रतिको हाम्रो उत्तरदायित्व निर्वाह होस् भन्ने पनि हामीले चाहेका छौं ।’

आईएमई लण्डनको यो विशेष अफर आउँदो चैत अन्त्यसम्म कायम रहनेछ । यो सुविधाबाट नेपालमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आएकाहरु लाभान्वित बन्ने विश्वास कम्पनीको छ ।

‘परोपकारी कार्यका लागि कसैले एक हजार पाउण्ड पठाउनुहुन्छ भने ७ पाउण्ड हामी थप गरिदिनेछौं । १० हजार पठाउँदा ७० पाउण्ड हाम्रो तर्फबाट थप हुनेछ’, निर्देशक पौडेलले भने ।

सन् २००३ मा आईएमई यूके स्थापना गरी रेमिट्यान्स व्यवसाय शुरु गरेका पौडेलले सन् २००७ देखि आईएमई लण्डन सञ्चालन गर्दै आएका छन् ।

लण्डनमा मुख्य कार्यालय रहेको आईएमई लण्डनले नेपालबाहेक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका दक्षिण एशियाली मुलुकहरुका लागि समेत काम गर्दै आएको छ । अब छिट्टै दक्षिण कोरिया, मलेसिया र हङकङ लगायत देशमा पनि आफ्नो सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू