शुक्रबार, चैत १६, २०८०
20:54 | ०२:३९

क्रिसमसमा ५ दिन बेलायतभर तीन परिवारसम्मको जमघटमा छुट

नेपाली लिङ्क नोभेम्बर २४, २०२०

लण्डन । बेलायतमा कोभिड संक्रमण नियन्त्रणको प्रयासमा लागू प्रतिवन्धहरु क्रिसमसका बेला केही खुकुलो हुने भएका छन् ।  

क्रिसमसमा ५ दिनको लागि तीन वटासम्म परिवारको जमघटलाई छुट दिइने भएको हो ।  

डिसेम्बर २३ देखि २७ तारिखसम्म बेलायतका चारै राज्यमा यो छुट दिने सरकारको तयारी छ । जसका लागि सरकारले सबै राज्यका स्थानीय प्रशासनहरुसँग सहमति गरिसकेको बीबीसीले बताएको छ ।  

यसअघि सोमबार आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमसका बेला प्रतिवन्धहरु खुकुलो पारिने स्पष्ट संकेत गरिसकेका थिए । तर यसबारे सरकारले  निर्देशिका जारी गर्न बाँकी छ ।  

अहिले इङ्ल्यान्डमा लागू दोस्रो चरणको एक महिने लकडाउन आउंदो डिसेम्बर ३ देखि खोल्ने घोषणा भइसकेको छ । लकडाउन हटेपछि संक्रमणका आधारमा क्षेत्रगत रुपमा तीन फरक फरक तहका प्रतिवन्ध लगाउने सरकारको योजना छ ।  

क्रिसमसका अवसरमा ५ दिनसम्म पारिवारिक जमघटहरु फुकुवा गर्दा संक्रमण बढ्नेमा आफूहरु सचेत रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।  तर, वर्षमा एकपटक आउने पर्वमा पारिवारिक पुनर्मिलनको ठूलो महत्व रहेकाले जोखिम मोलेरै भएपनि प्रतिवन्ध खुकुलो गरिएको उनीहरुको भनाइ छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू