शुक्रबार, वैशाख ७, २०८१
00:55 | ०५:४०

बेलायतमा एकै दिनमा ६०८ कोरोना संक्रमितको मृत्यु

मृत्यु हुनेमा १० देखि १०० वर्षका

नेपाली लिङ्क नोभेम्बर २४, २०२०

लन्डन । बेलायतमा शुरु भएको कोरोनाको दोस्रो लहरपछि पहिलो पटक एक दिनमा मृत्यु हुनेको संख्या छ सय नाघेको छ । यो संख्या करिब सात माहिना पछिको उच्च भएको सरकारी तथ्याँकले  देखाएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्याँक अनुसार गएको २४ घन्टामा थप ६०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा कम उमेर १० वर्ष र बढी १०० वर्षबीचको रहेको बताइएको छ ।

३१ वर्षीय एक मृतकमा भने कुनै पनि स्वास्थ्य समस्या नरहेको उल्लेख छ । योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५५ हजार ६०८ पुगेको छ ।

मृतक संख्या बढे पनि कोरोना संक्रमितको संख्या भने मंगलबार उल्लेखनीय रुपमा घटेको छ । विगतका दिनहरुको तुलनामा संक्रमित संख्या झन्डै आधा कम छ । गएको २४ घन्टामा थप ११ हजार २९९ जना संक्रमित थपिएको सरकारी तथ्याँकमा उल्लेख छ ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता एक दिनमा ३३ हजारसम्म संक्रमित थपिएका छन् । तर केहि हप्तायता संक्रमित हुनेको संख्या १८ देखि २४ हजार हाराहारीमा रहँदै आएपनि आज यो संख्या ११ हजारमा झरेको हो ।

बेलायतमा संक्रमितको संख्या १५ लाख ३८ हजार ७९४ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू