शनिबार, साउन १२, २०८१
06:39 | ११:२४

बीबीसीको १ सय प्रभावशाली महिलाको सूचीमा परिन् सपना मगर

नेपाली लिङ्क नोभेम्बर २४, २०२०

लण्डन । ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले प्रकाशन गरेको संसारका १ सय प्रभावशाली महिलाको सूचीमा एक नेपाली किशोरी पनि परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर उक्त सूचीमा समावेश भएकी हुन् ।

बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । जसमा सपनासंगै फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

सपनाले हालसम्म तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । उनले बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउने कार्य समेत गर्दै आएकी छन् ।

सपना आबद्ध उक्त केन्द्रले मृत्‍यु भएको ३५ दिनसम्म पनि परिवारले नलागेका शबहरु उठाएर दाहसंस्कार गर्ने गरेको छ ।  

म्याग्दीकी सपना काठमाडौं आउनुपूर्व आफैले तीन महिना सडक जीवन बिताएकी थिइन् । 

‘संसारमा धेरै मानिसहरु सडकमा छन्, बेबारिसे अवस्थामा छन् । तर उनीहरु पनि मृत्‍युपछि अन्तिम संस्कारका हकदार छन् भन्ने मलाई लाग्छ । त्यही सोचेर मैले आफ्नै मनको शान्तिको लागि उनीहरुको अन्तिम संस्कार गर्ने गरेकी छु’, सपनाले भनेकी छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू