बिहीबार, वैशाख १३, २०८१
03:14 | ०७:५९

अल्डरसटमा बेहोस भएका वृद्ध गोर्खाको उपचार जारी, ठेगाना भेटियो

नेपाली लिङ्क नोभेम्बर २४, २०२०

वृद्ध रहेको अस्पताल

लन्डन । अल्डरसटको आइसल्याण्ड सुपरमार्केटमा सपिङ गर्दा लडेर बेहोस भएका एकजना भूतपूर्व गोर्खा धिरजाबहादुर गुरुङ बस्ने ठेगाना पत्ता लागेको छ ।

हाल फ्रिम्ली पार्क हस्पिटलमा उपचाररत ७७ वर्षीय ति वृद्धलाई डिमेन्सिया (बिर्सने रोग) भएका कारण उनको बसाइबारे अन्यौल भएर स्थानीयवासी, प्रहरी र वेलफेयर पदाधिकारी खोजीमा जुटेका थिए । गुरुङको ठेगाना अल्डरसट केएफसी नजिक रहेको पत्ता लागेको हो ।

फ्रिम्ली पार्क अस्पताल, नेपाली सोसाइटीका सचिव टंक मार्टिन गुरुङले हाउजिङ बेनिफिट दिलाइदिएका वेलफेयर पदाधिकारीले नै ठेगाना पत्ता लगाएको जानकारी दिए ।

गत १८ नोभेम्बरका दिन किनमेल गर्दा अचानक बहोस भइ ढलेका वृद्धलाई आइसल्याण्डका कर्मचारीले एम्बुलेन्स बोलाई फ्रिम्ली पार्क हस्पिटल लगिदिएका थिए । तर, अस्पतालले डिस्चार्ज गरेर घर लैजांदा वृद्धको पुरानो ठेगाना परिवर्तन भइसकेको रहेछ । अस्पतालले फेरि फर्काएर ठेगाना खोजी गरिदिन अपिल गरेको थियो । वृद्धको हाल ‘डिमेन्सिया’ को उपचार भइरहेको टंकले बताए ।

६ जिआरबाट अवकास प्राप्त वृद्धको नेपाल ठेगाना धर्मपानी गाउँपालिका ओखले वडा नं ६ बन्दीपुर तनहुं हो । उनकी श्रीमती सुनमाया गुरुङ र ४ छोरा हाल नेपालमा र छोरी लालमाया गुरुङ एवं ज्वाई खुरकजंग गुरुङ यूकेमा रहेको बताइएपनि उनीहरुबारे विस्तृत विवरण थाहा नभएको गुरुङले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू