शनिबार, वैशाख १५, २०८१
23:05 | ०३:५०

पब्लिक हेल्थ इंग्ल्याण्डको कोरोनासम्बन्धी जानकारी नेपाली भाषामा पनि

नेपाली लिङ्क नोभेम्बर २४, २०२०

लन्डन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सम्बन्धी आवश्यक जानकारीलाई ‘पब्लिक हेल्थ इंग्ल्याण्ड’ ले नेपाली भाषामा पनि प्रकाशित गरेको छ ।  यसअघि नेपाली भाषाबाहेकका अन्य विभिन्न भाषामा मात्र यस्ता जानकारीहरु राख्ने गरिन्थ्यो ।

विशेषगरी यहाँका हस्पिटल तथा स्थानीय काउन्सिल लगायत कार्यालयहरुमा विभिन्न भाषामा जानकारीहरु उपलब्ध हुने गर्दछन् ।   नेपाली भाषालाई पनि मान्यता दिलाउन नेपाली समुदायले पहल गरेपनि अझसम्म सम्भव हुन सकेको छैन् ।

संसारमै सबैभन्दा बढी नेपालीहरु बसोवास गर्दै आएको बेलायतमा हजारौंको संख्यामा पूर्व गोर्खा सैनिक छन् । वृद्ध अवस्थामा रहेका उनीहरुलाई भाषाका कारण यहाँका हस्पिटल तथा कार्यालयमा निकै सास्ती खेप्नुपरेको छ ।

कोरोनाको दोस्रो लहर चलिरहेको बेलायतमा कोरोना सम्बन्धि जानकारीमूलक मार्गदर्शनलाई नेपाली भाषामा राखिनु भाषा समस्या हुनेका लागि खुशीको कुरा हो ।

भूतपूर्व गोर्खा सत्याग्रह संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले आफूले गर्व महशुस गरेको बताए । उनले भने ‘ बेलायत सरकारले कोरोना भाइरसबाट बच्न र सुरक्षित रहन नेपाली भाषामा सूचना प्रवाह गरेको पाउंदा हर्षित बनेको छु, संधै यसरी नै हाम्रो नेपाली भाषाले मान्यता पाउँदै जावस् ।’

पब्लिक हेल्थ इंग्ल्याण्डले ‘क्लिनिकल हिसाबले कोभिड १९ को अत्यधिक जोखिममा रहेका व्यक्तिलाई जोगाउने तथा उनीहरुको रक्षा गर्ने सम्बन्धि मार्गदर्शन भन्दै’ कोरोना र यससँग सम्बन्धित लकडाउन लगायतका विषय र यसबारे नेपाली भाषामा उल्लेख गरेको छ ।

कोरोना संक्रमणबाट सुरक्षित रहन भाषा समस्या हुने नेपालीहरुलाई निकै सुविधा पुग्नेछ । पब्लिक हेल्थ इंग्ल्याण्डद्वारा नेपाली भाषामा तयार पारिएको कोरोना सम्बन्धि जानकारी पढ्न यहाँ क्लिक गर्नुहोला

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू