बिहीबार, वैशाख १३, २०८१
08:49 | १३:३४

अल्डरसटमा बेहोस भइ ढलेका भूतपूर्व गोर्खाको ठेगाना पत्ता लगाइदिन अपिल

रिकभर भयो, स्मरण शक्ति नभएकाले ठेगाना पत्ता लागेन

नेपाली लिङ्क नोभेम्बर २२, २०२०

वृद्ध रहेको अस्पताल

लन्डन । अल्डरसटको आइसल्याण्ड सुपरमार्केटमा १८ नोभेम्बरका दिन किनमेल गर्दा अचानक बहोस भइ ढलेका एक भूतपूर्व गोर्खा वृद्ध ७७ वर्षीय धिरजाबहादुर गुरुङको स्वास्थ्यअवस्था सुधार भएपनि उनको ठेगाना पत्ता नलागेपछि खोजी गरिदिन अपिल भएको छ । स्मरण शक्ति कम (डिमेन्सिया) का कारण आफन्त वा बस्ने ठेगाना पत्ता नलागेपछि अस्पताल र स्थानीयवासीले सो आग्रह गरेका हुन् ।

घट्ना विवरण अनुसार, उनी अचेत भइ ढलेपछि आइसल्याण्ड सुपरमार्केटका स्टाफले एम्बुलेन्स बोलाई फ्रिम्ली पार्क हस्पिटलमा उपचार गराएर वृद्धलाई अहिले ‘रिकभर’ भइसकेको छ । फ्रिम्ली पार्क अस्पतालको नेपाली सोसाइटीका सचिव टंक मार्टिन गुरुङले सन्चो भएपछि अस्पतालले आफ्नो रकेर्ड अनुसार ति वृद्धको ठेगानामा लगेपनि त्यहां अचेल नबस्ने भएपछि उनीबारे बेखवर हुनुपरेको हो ।

‘बाजेमा सम्झिन सक्ने क्षमता अलि कम रहेछ । हस्पिटलले उहांको आफन्त र ठेगाना पत्ता नलगाए पछि फर्काएर पुन फ्रिम्ली पार्क हस्पिटलको ‘जि थ्री’ वार्डमा राखेको छ’, सचिव गुरुङले नेपाली लिंकसंग भने, ‘ब्रिगेडको वेलफेयर टिम र हयामसायर प्रहरीका अधिकृतसंग मेरो कुराकानी भएको छ । सायद उहांहरुले अब उद्दार गर्नुहुनेछ ।’

हस्पिटलको नियम अनुसार फोटो राख्न नपाइने भएकाले पनि अप्ठेरो परेको गुरुङले बताए । ६ जिआरबाट अवकास प्राप्त ति वृद्धको नेपाल ठेगाना धर्मपानी गाउँपालिका ओखले वडा नं ६ बन्दीपुर तनहुं रहेको गुरुङले जानकारी दिए ।

ति वृद्धका अनुसार श्रीमती सुनमाया गुरुङ नेपालमा छिन् । छोरी लालमाया गुरुङ र ज्वाई खुरकजंग गुरुङ यूकेमा रहेपनि ठेगाना पत्ता नलागेको जनाइएको छ । उनका ४ छोराहरु भने हाल नेपाल रहेको बताएपनि ति वृद्धले उनीहरुको नाम सम्झन नसकेको गुरुङले बताए ।

वृद्धबारे जानकारी भए-

टंक मार्टिन गुरुङ
फार्नबोरो
सचिब ( FPHNS)
Mob-07413357565

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू