शनिबार, वैशाख ८, २०८१
06:12 | १०:५७

बेलायतमा एक सातामै डेढ लाख संक्रमित, झण्डै ३ हजारको मृत्‍यु

नेपाली लिङ्क नोभेम्बर २०, २०२०

लण्डन ।  दोस्रो चरणमा एक महिने लकडाउन लागू गरिएको दुई साता बित्दा पनि बेलायतमा कोरोनाको संक्रमण तीव्र फैलिरहेको छ ।  

शुक्रबार जारी तथ्यांकले पछिल्लो २४ घण्टामा देशमा थप २० हजार २ सय ५२ जना संक्रमित बनेको देखाएको छ । त्यस्तै, एक दिनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ५ सय ११ छ ।  

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार बेलायतमा हालसम्म कुल १४ लाख ७३ हजार ५ सय ८ जना संक्रमित भएका छन् भने कोरोना संक्रमण भएकामध्ये कुल ५४ हजार २ सय ८६ जनाले ज्यान गुमाइसकेका छन्   

गत २४ घण्टाको अवधिमा कोरोना संक्रमण भएर अस्पातल भर्ना हुनेहरु १ हजार ७ सय ३७ छन् । यो अवधिमा देशभरमा कुल ३ लाख ९५ हजार ४ सय ३६ जनामा कोरोना परीक्षण गरिएको थियो ।  

पछिल्लो एक साताको अवधिमा मात्रै संक्रमित हुने १ लाख ५६ हजार १२ जना छन् । यो अवधिमा मृत्‍यु हुने संक्रमितहरुको संख्या २ हजार ९ सय ८२ छ ।

त्यस्तै, एक सातामा १२ हजार २ सय २३ जना अस्पताल भर्ना भएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू