शुक्रबार, वैशाख १४, २०८१
16:24 | २१:०९

यूके कोरोना अपडेट: ५ सय १ को मृत्यु

झन्डै २३ हजार संक्रमित

नेपाली लिङ्क नोभेम्बर १९, २०२०

लन्डन । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५ सय १ जनाको मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारीअनुसार हालसम्म बेलायतमा कोरोनाका कारण ५३ हजार ७७५ जनाको ज्यान गइसकेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टाभित्र थप २२ हजार ९१५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै बेलायतमा कोरोना संक्रमित हुनेको कुल संख्या १४ लाख ५३ हजार २५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६४१ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार ४३० जनालाई उपचारार्थ ‘भेन्टिलेटर बेड’ मा राखिएको छ । हस्पिटलमा उपचार गराइराखेका कोरोना संक्रमितको संख्या १६ हजार ४०९ छ ।

कोरोना संक्रमणको दोस्रो छाल सामना गरिरहेको बेलायतमा कोभिड संक्रमण र मृत्‍यु हुनेको संख्या अझै पनि निकै उच्च छ । 

संक्रमण नियन्त्रणको प्रयासमा इङ्ल्यान्ड अहिले एक महिने लकडाउनमा छ । डिसेम्बर २ सम्मका लागि लागू लकडाउन लम्बिने वा खुल्ने अझै निश्चित छैन ।      

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू