शनिबार, वैशाख ८, २०८१
05:20 | १०:०५

ब्रेक्जिट वार्ता स्थगित

नेपाली लिङ्क नोभेम्बर १९, २०२०

लन्डन । बेलायती राजनीतिमा निकै महत्वको रुपमा हेरिंदै आएको र लगभग अन्तिम चरणमा चलिरहेको ब्रेक्जिटसम्बन्धी वार्ता तत्कालका लागि स्थगित गरिएको छ । युरोपियन युनियन (ईयू) बाट बेलायत बहिर्गमन हुन अब करिब पांच हप्ता मात्र बाँकी छ   

ईयूतर्फ वार्ता टोलीका सदस्यलाई कोरोना संक्रमण देखिएपछि वार्ता तत्कालका लागि स्थगित गरिएको हो   

छोटो समयका लागि वार्ता स्थगित गर्न दुवै पक्षबीच सहमति भएको ईयूका वार्ताकार मिसेल बार्निअरले बताएका छन्   

हाल दुवै पक्ष व्यापारिक सम्बन्धलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा सहमतिको खोजीमा छन् । वार्ता टोलीका संक्रमित सदस्यको स्वास्थ्यमा सुधार भएपछि पुन: वार्ता सुचारु गरिने अधिकारीहरुले बताएका छन्   

युरोपियन आयोगका अध्यक्ष उर्सुला भोनले वार्ता टोलीका संक्रमितको शिघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू