बुधबार, वैशाख १२, २०८१
16:06 | २०:५१

बेलायतमा थप ५२९ को मृत्यु, १९ हजार बढी संक्रमित

नेपाली लिङ्क नोभेम्बर १८, २०२०

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट थप ५२९ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको  छ । हिजो मंगलबार ५९८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यो संख्या गत मे पछिकै सबैभन्दा बढी हो । हालसम्म कोरोनाका कारण बेलायतमा ५३ हजार २७४ जनाको ज्यान गैसकेको स्वास्थ्य विभागले जनाएको छ ।

यसैगरी २४ घण्टाभित्र थप १९ हजार ६०९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै बेलायतमा कोरोना संक्रमित हुनेको कुल संख्या १४ लाख ३० हजार ३४१ पुगेको छ । कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या पनि निरन्तर बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा एक हजार ५८९ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार ४२० जनालाई उपचारार्थ ‘भेन्टिलेटर बेड’ मा राखिएको छ । हस्पिटलमा उपचार गराइराखेका कोरोना संक्रमितको संख्या १६ हजार २७१ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू