बिहीबार, वैशाख १३, २०८१
18:57 | २३:४२

साहित्य संगम यूकेको देवकोटा जयन्ती तथा साहित्य शृंखला

नेपाली लिङ्क नोभेम्बर १५, २०२०

लन्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्तीको अवसर पारेर साहित्य संगम यूकेले भर्चुअल माध्यमबाट एक विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

देवकोटा जयन्ती तथा शुभ दिपावली २०७७ को उपलक्ष्यमा आइतबार शुभकामना आदानप्रदान तथा साहित्य रचना वाचन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा देवकोटाको साहित्यिक योगदानलाई स्मरण गर्दै साहित्यिक रचनाहरु वाचन गरिएको थियो । साहित्य संगमका कुमार केसीको संयोजन र संचालनमा सम्पन्न भएको कार्यक्रमको शुरुमा संगमका संस्थापक साहित्यकार विनोद अधिकारीले स्वागत गर्दै  वर्षदिन भित्र दिवंगत संगमका सदस्यहरुको परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रस्तुत साहित्यिक रचनाहरुबारे साहित्य चौतारीका संस्थापक वासु शर्माले आफ्नो संक्षिप्त समालोचना गरेका थिए । साहित्य संगम यूकेले बेलायतमा नेपाली भाषा-साहित्य र संस्कृतिको विकास एवं बिस्तार गर्न उल्लेखनीय सेवा गरिरहेको धारणा राख्दै शर्माले साहित्य संगम यूकेलाई धन्यवाद दिए ।

कार्यक्रममा कुमार केसी, प्रतिमा केसी, विनोद अधिकारी, ओमकार अधिकारी, रमेश कायस्थ, महेश आचार्य, डिल्ली घिमिरे, आनन्द भण्डारी, ओमकार अधिकारी, त्रिलोचन गौतम, निर्मला न्यौपाने, कृष्ण न्यौपाने, वासु शर्मा, लक्ष्मी पौड्याल, डा. कृष्ण रेग्मी, कृष्ण आचार्य र रामप्रसाद घिमिरेले आ-आफ्नो गीत, मुक्तक तथा कवितालगायत साहित्यिक रचना वाचन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू