बिहीबार, वैशाख १३, २०८१
11:48 | १६:३३

संक्रमित सांसदसंगको सम्पर्कपछि प्रधानमन्त्री जोन्सन आइसोलेसनमा

नेपाली लिङ्क नोभेम्बर १५, २०२०

लन्डन । कोरोना संक्रमित सांसदसंगको सम्पर्कपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आइसोलेसनमा बसेका छन् ।  

प्रधानमन्त्री जोन्सनलाई भेटेको दुई दिनपछि सांसद ली एन्डरसनमा कोरोना संक्रमण भेटिएपछि उनी ‘सेल्फ आइसोलेसन’ मा बसेको बीबीसीले जनाएको छ ।  

एनएचएसको ‘ट्र्याक एन्ड ट्र्यास’ टीमले प्रधानमन्त्रीको सम्पर्कमा आएका ती सांसदको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ पाइएको भन्दै आइतबार उनलाई जानकारी गराएको थियो ।  

हाल प्रधानमन्त्रीको सरकारी निवास १० डाउनिङ स्ट्रीटमै आइसोलेसनमा बसिरहेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई कुनै लक्षणहरु भने नदेखिएको बताइएको छ । आइसोलेसनमा रहेको अवधिमा पनि उनले आफ्ना नियमित सबै जिम्मेवारी निरन्तर गर्नेछन् ।  

यसअघि गत मार्चमा संक्रमित बनेका प्रधानमन्त्री जोन्सन २ साता अस्पताल बसेका थिए । त्यस क्रममा स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई तीन दिन आइसीयूमै राखिएको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू