शुक्रबार, वैशाख १४, २०८१
09:14 | १३:५९

बेलायतले ब्रेक्जिटपछिको सम्झौताबारे अडान परिवर्तन नगर्ने

रासस-एएफपी नोभेम्बर १५, २०२०


लन्डन । बेलायतले यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमनपछिको सम्बन्धका लागि गरिने सम्झौता आधार परिवर्तन नहुने इयूका लागि बेलायतका प्रमुख वार्ताकार ड्याभिड फ्रस्टले आइतबार ब्रसेल्समा बताएका छन् ।

‘हामीले सम्झौताका लागि निरन्तर वार्ता गरिरहेका छौँ । सम्झौताका लागि बेलायतको सार्वभौमसत्ता र हाम्रा कानुन, व्यापार र हाम्रो पानी (समूद्र) को अधिकार विपरित हुने गरी सम्झौता सम्भव नहुने र यो मैले निरन्तर बताउँदै आएको छु । यसमा परिवर्तन हुन सम्भव छैन’, फ्रस्टले भने ।

आफू र आफ्नो इयू समकक्षी मिसेल बार्नियरबीच बेलायती समय अनुासार आइतबार अपरान्ह छलफल हुने पनि उनले बताए ।

उनले भने, ‘आगामी केही दिन सम्झौताका आधार निर्माणका लागि वार्ता गर्ने प्रसङ्ग महत्वपूर्ण छ । वर्षको अन्त्यसम्म बेक्जिट सम्झौतापछिको सङ्क्रमणकालीन अवस्था सकिने हुँदा यसैबीच सहमति निर्माण हुनु जरूरी छ ।’

उनले सम्झौताका लागि केही प्रगति भएका तर महत्वपूर्ण विषयहरू अझै टुङ्गोमा पुग्न नसकेका बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू