आइतबार, जेठ ६, २०८१
16:20 | २१:०५

बेलायतमा २६ हजार भन्दा बढी संक्रमित, ४६२ को मृत्यु

नेपाली लिङ्क नोभेम्बर १४, २०२०

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टाभित्र २६ हजार बढी कोरोना संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शनिबार साँझसम्म थप २६ हजार ८६० संक्रमित थपिएको जनाएको हो ।

यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १३ लाख ४४ हजार ३६५ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप ४६२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ हजार ७६६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप एक हजार ८०६ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार ३५५ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ९१५ जनाको हस्पिटलमा उपचार जारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू