मंगलबार, वैशाख ४, २०८१
06:24 | ११:०९

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो  

संक्रमित संख्या १३ लाख नाघेको छ

नेपाली लिङ्क नोभेम्बर १३, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या शुक्रबार साँझसम्म ५१ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा  थप ३७६ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।

यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५१ हजार ३०४ पुगेको हो । मृतक संख्याको आधारमा बेलायत युरोपियन मुलुकमध्ये अग्र स्थानमा छ ।

बेलायतमा कोरोना संक्रमितको संख्या पनि १३ लाख नाघेको छ । शुक्रबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप २७ हजार ३०१ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै बेलायतमा संक्रमितको कुल संख्या १३ लाख १७ हजार ४९६ पुगेको स्वास्थ्य विभागले उल्लेख गरेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ७२३ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार २७५ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ७१४ जनाको हस्पिटलमा उपचार भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू