शनिबार, साउन १२, २०८१
06:16 | ११:०१

बेलायती प्रधानमन्त्री जोन्सनले दिए ‘दीवाली’ को शुभकामना (भिडियो)

राम-सीतादेखि समोसा र गुलाब जामुनको प्रसंग

नेपाली लिङ्क नोभेम्बर १३, २०२०

लन्डन । हिन्दू, शिख तथा जैन समुदायले मनाउने पर्व दीवालीको अवसरमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शुभकामना दिएका छन् ।  

दीवाली शुभकामना दिन प्रधानमन्त्री जोन्सनले जारी गरेको एक भिडियो सन्देशमा कोभिड महामारीका कारण यसपटकको दीवाली भर्चुअल रुपमै मनाउन आव्हान पनि गरिएको छ ।  

शुभकामना सन्देशमा प्रधानमन्त्रीले भगवान राम-सीताको कर्मबाट लिनुपर्ने प्रेरणादेखि दीवाली सम्झाउने समोसा, गुलाब जामुन समेतको प्रसंग उल्लेख गरेका छन् ।  

कोभिड नियन्त्रणको प्रयासमा हाल जारी प्रतिवन्ध र सतर्कताका नियमहरुलाई ‘मन्त्र’ मानेर पालना गर्न उनले आग्रह गरेका छन्   

भिडियो सन्देशमा प्रधानमन्त्रीले  कोभिड महामारीका बेला बेलायतस्थित हिन्दू तथा शिख समुदायले निर्वाह गरेको स्वयमसेवी भूमिकाको प्रशंसा पनि गरेका छन् ।  

हेरौं प्रधानमन्त्री बोरिस जोन्सनको दीवाली शुभकामना भिडियो

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू