बिहीबार, वैशाख १३, २०८१
01:44 | ०६:२९

बेलायती अर्थमन्त्रीको सरकारी निवासमा दीवाली

लकडाउन अवज्ञा नगरी पर्व मनाउन मन्त्री सुनाकको अपील

नेपाली लिङ्क नोभेम्बर १३, २०२०

लन्डन । बेलायती अर्थमन्त्री ॠषि सुनाकले ‘दीवाली’ को शुभकामना दिँदै कोरोना संक्रमण नियन्त्रणको प्रयासमा लागू लकडाउन र नियमहरु अवज्ञा नगरी पर्व मनाउन अपील गरेका छन् ।  

‘महामारीका कारण यो वर्ष दीवाली मनाउन सजिलो छैन । तर हामीले यसलाई सामना गर्नैपर्छ । त्यसैले म सबैलाई लकडाउनसम्बन्धी नियमहरु नतोडिने गरी दीवाली मनाउन आग्रह गर्दछु’, उनले भनेका छन् ।  

हिन्दू पारिवारिक पृष्‍ठभूमिका मन्त्री सुनाकले ११ डाउनिङ स्ट्रीटस्थित आफ्नो सरकारी निवासमा दिपावली समेत गरेका छन्   

११ डाउनिङ स्ट्रीटस्थित सरकारी निवासमा दिपावली गर्दै बेलायती अर्थमन्त्री ॠषि सुनाक ।

‘आस्था निकै महत्वपूर्ण कुरा हो । म धर्म मान्ने हिन्दू हुँ । म मेरा छोराछोरीसँग मन्दिर जाने, प्रार्थना गर्ने गर्छु’,  मन्त्री सुनाकले बीबीसंगको कुराकानीमा भनेका छन् ,’हामी हिन्दूहरुको लागि यो दीवाली निकै महत्वपूर्ण छ । तर, यसपटक सधैंजस्तो दीवाली मनाउन सक्ने अवस्था छैन ।’

आफ्नो परिवार, आफन्त लगायतसँग प्रविधिको प्रयोग गरी भर्चुअल जमघट गर्न समेत उनले सुझाएका छन् ।  

दीवालीको अवसरमा बेलायतमा विगतमा ठूला सार्वजनिक इभेन्टहरु आयोजना हुने गर्थे । मिडल्यान्डको लेष्टर, लन्डनको ट्राफल्गर स्क्वायर लगायतका ठाउँमा आयोजना हुने दीवाली उत्सवमा दशौं हजारको सहभागिता हुने गर्थ्यो । यसपटक ती सबै कार्यक्रम भर्चुअल गरिंदैछ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू