शनिबार, वैशाख १५, २०८१
04:13 | ०८:५८

बेलायतका दुई सुन्दरी ‘मिस युनिभर्स नेपाल’ टप ५० मा

नेपाली लिङ्क नोभेम्बर १३, २०२०

लन्डन । बेलायतमा दोस्रो पुस्तालाई प्रतिनिधित्व गर्ने दुई सुन्दरीहरु ‘मिस युनिभर्स नेपाल’ को टप ५० मा पर्न सफल भएका छन् । 

‘मिस इंग्ल्याण्ड २०१९’ सेकेन्ड रनरअप प्रतिष्ठा राउत र ‘मिस यूके नेपाल २०१६’ की सेकेन्ड रनर अप विभिया श्रेष्ठ उक्त प्रतियोगिताको पहिलो चरणमा प्रवेश गर्न सफल भएका हुन् । 

बिहीवार आयोजकले झन्डै ५०० आवेदकमध्येबाट ५० जना छानेका छन् । 

अघिल्लो राउन्डमा प्रवेश पाएसंगै दुई प्रतियोगीले आफूहरुमा थप उत्साह जागेको बताए । नेपाललाई प्रतिनिधित्व गर्न पाउंदा गर्व लागेको प्रतिष्ठाले बताइन् । उनी यसअघि ‘मिस युनिभर्स ग्रेट ब्रिटेन’ मा प्रतिष्पर्धा गर्ने तयारी गरिरहेपनि यसलाई त्यागेकी थिइन् ।  

नेपालमा पहिलोपटक हुन लागेको उक्त प्रतिस्पर्धा कोभिड महामारीका कारण ‘भर्चुअल’ हुँदैछ । प्रतियोगिताको फाइनल  १८ डिसेम्बरमा हुने भएको छ । आयोजक नग्मा श्रेष्ठले कोरोनाका कारण धेरै चुनौती रहेपनि त्यसलाई सामना गर्दै अगाडि बढेको उल्लेख गरेकी छन् ।

‘ब्रेभ’, ‘बोल्ड’ एण्ड ‘ब्युटीफूल’ मुल मर्म रहेको प्रतियोगितमा विश्वभरबाट विभिन्न उमेर, पेशा र जातका युवतीले भाग लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू