मंगलबार, वैशाख ४, २०८१
09:36 | १४:२१

मानवअधिकार रक्षा गर्न पाकिस्तानलाई आग्रह

रासस-एएनआई नोभेम्बर १२, २०२०

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन

लन्डन–२७ कात्तिक–बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पाकिस्तान सरकारलाई आफ्ना नागरिकको मानवअधिकार रक्षा गर्न आग्रह गरेका छन् । उनले बुधबार बेलायतको संसद बैठकमा बोल्ने क्रममा सो कुरा बताएका हुन् । उनले पाकिस्तान सरकारले आफ्ना नागरिकका लागि उनीहरुको आधारभूत अधिकारहरुको रक्षा गर्नुपर्ने बताए ।

संसदमा यहाँका एक सांसदले सोधेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । सो प्रश्नको जवाफमा प्रधानमन्त्री जोनसनले भने– हामीले पाकिस्तानको सरकारलाई यो भन्न चाहन्छौँ कि पाकिस्तानले आफ्ना नागरिकहरुको कम्तीमा पनि उनीहरुको आधारभूत अधिकारको रक्षा गर्नुपर्दछ ।

केही समय यतादेखि पाकिस्तानमा नागरिकहरुको अधिकार हनन् हुने गरेको र यस्तो कार्य भइरहेको भए पनि यहाँका सरकारी अधिकारीहरुले नै बेवास्ता गर्ने गरेको भन्दै त्यसको विरोध हुदै आएको थियो । यसै विषयमा बेलायतको संसदमा पनि यहाँका प्रधानमन्त्री जोनसनलाई प्रश्न गरिएको थियो ।

पाकिस्तानमा पछिल्ला केही समयमा यहाँका नागरिकहरुको गैरन्यायिक हत्या हुने गरेको आरोप लगाइएको छ । यस क्रममा विश्वका अरु देशले पनि मानवअधिकारको हनन् भएको भन्दै चासो लिने गरेका छन् । तर, पाकिस्तानले भने यहाँ यस्ता कार्यमा संलग्नहरुमाथि कारबाही गरिएको बताउंदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू