बिहीबार, वैशाख १३, २०८१
22:21 | ०३:०६

यूकेका विद्यालयमा खड्काले बांडे ५ हजार स्यानिटाइजर

नेपाली लिङ्क नोभेम्बर १२, २०२०

लन्डन । कोरोना संक्रमण बढेपछि नियन्त्रण 
प्रयासमा यतिखेर इंग्ल्याण्ड दोश्रो लकडाउनमा छ । लकडाउनले विशेष गरि हस्पिटालिटी क्षेत्र संकटमा छ र त्यो पीडा रेष्टुरेन्ट व्यवसायी सुनिलबाबु खड्काले पनि नखेपेका होइनन् । तर, आफ्नो चिन्ता वेवास्ता गरि समुदायको चिन्ताले उनलाई बढी पिरोल्छ ।

पछिल्लो उदाहरण, उनले स्थानीय विद्यालयका विद्यार्थी र कर्मचारीहरुलाई ५ हजार निशुल्क स्यानिटाइजरका बोटल बांडे ।

न्यू हवेली रेष्टुरेन्ट, वेष्ट बाइफ्लीटका सञ्चालक एवं एनआरएनए यूके उपाध्यक्ष खड्काले फुलब्रुक स्कुल, वेष्ट बाइफ्लीट इन्फ्यान्ट स्कुल, वेष्ट बाइ फ्लीट जुनियर स्कुल, पायरफोर्ड प्राइमरी स्कुल, द मरिष्ट क्याथोलिक प्राइमरी स्कुल र सेन्ट म्यारिज सिएफइ प्राइमरी स्कुल बाइफ्लीटका विद्यार्थी, शिक्षक र कर्मचारीलाई आफैं गएर स्यानिटाइजर बांडेका हुन् ।

‘म आफू समुदायको एउटा हिस्सा भएकाले प्रत्येक विद्यार्थीलाई स्यानिटाइजर प्रदान गर्न पाउंदा गर्व महशुस भएको छ’, दयालु मनका धनी खड्का भन्छन्, ‘हामीले नेपालीबाहेक स्थानीय समुदायको हित र कल्याण समेत सोच्नुपर्छ । समुदायले हामीलाई यति धेरै दिएपछि हामीले पनि दिनु सामाजिक उत्तरदायित्व पनि हो ।’

स्यानिटाइजर पाएपछि विद्यार्थी र शिक्षक दंग छन् । फुलब्रुक स्कुलले त लिखित रुपमै खड्काप्रति आभार व्यक्त गरेको छ ।

खड्काले अघिल्लो लकडाउनमा पनि सयौं एनएचएस कर्मचारी, ‘कि वर्कर’ र वृद्धवृद्धालाई निशुल्क खाना ख्वाएका थिए । प्रत्येक मंगलबार वृद्धवृद्धा र बिहीबार एनएचएस स्वास्थ्यकर्मीलाई निशुल्क ख्वाएर उनले ठूलो प्रशंसा बटुले । ‘माग्दा जति तनाव हुन्छ, दिंदा मन प्रसन्न हुन्छ । त्यसकारण दिइरहन पाउं भन्ने नै कामना छ’, खड्काले नेपाली लिंकसंग भने, ‘जिन्दगी जीउनुको मज्जा त्यतिबेला हुन्छ जब तपाईं खुशी पाउनुहुन्छ ।’

लकडाउनमा मात्र होइन्, विगत वर्षहरुदेखि खड्काले गरेका च्यारिटी कामको फेहरिस्त लामो छ ।

स्कुलको आभारले झन् प्रेरित छन् खड्का

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू