शुक्रबार, वैशाख १४, २०८१
12:38 | १७:२३

बेलायतमा आर्थिक वृद्धिदर १५.५ प्रतिशत

पहिलाको तुलनामा अझै ८.२ प्रतिशतले कम

नेपाली लिङ्क नोभेम्बर १२, २०२०

लन्डन । बेलायतमा पछिल्लो तीन महिनामा अर्थतन्त्रमा केही सुधार देखिएको छ । गत जुलाईदेखि  सेप्टेम्बरसम्मको  तीन महिनाको अवधिमा आर्थिक वृद्धिदर  १५.५ प्रतिशत बढेको तथ्याँकले देखाएको छ ।

कोरोना भाइरसको पहिलो लकडाउनपछि बेलायतको आर्थिक वृद्धिदरमा सुधार आएको  हो । तर पुन: दोस्रो लकडाउनका कारण यसअघि भएको आर्थिक क्षतिलाई उकास्न पर्याप्त नहुने बताइएको छ ।

राष्ट्रिय तथ्याँक कार्यालयका अनुसार मुलुकको अर्थतन्त्र कोरोना महामारी शुरु हुनुअघिको तुलनामा अझै ८.२ प्रतिशतले कम छ । दोस्रो लकडाउनको प्रभावले गर्दा वर्षको अन्तिम तीन महिनाको आर्थिक स्तर खुम्चिन सक्ने विश्लेषकहरुले बताएका छन् ।

गत नोभेम्बर ५ तारिखबाट इंग्ल्याण्डमा कम्तीमा चार साताका लागि राष्ट्रव्यापी लकडाउन घोषणा गरिएको छ । दोस्रो पटकको लकडाउनका कारण विशेष गरी हस्पिटालिटी क्षेत्रले निकै ठूलो आर्थिक भार व्यहोर्नुपरेको छ ।

पछिल्लो समय बेलायतमा बेरोजगारी पनि निकै बढेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू