बिहीबार, वैशाख १३, २०८१
06:17 | ११:०२

बेलायतमा कोरोनाले ज्यान गुमाउने ५० हजार नाघे

२४ घन्टामा झन्डै छ सयको मृत्यु

नेपाली लिङ्क नोभेम्बर ११, २०२०


लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । योसंगै ५० हजार भन्दा बढी संक्रमितको मृत्यु हुने युरोपियन मुलुकमा बेलायत पहिलो मुलुक बनेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ५९५ जना कोरोना संक्रमितको मृत्यु भएपछि बेलायतमा मृतक संख्या ५० हजार ३६५ पुगेको हो ।

कोरोना संक्रमणको दोस्रो लहरपछि एकैदिन यतिका धेरै मृत्यु भएको यो पहिलो ‘रेकर्ड’ हो । अघिल्लो दिन मंगलबार ५३२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

विश्वभर कोरोनाका कारण  ५० हजारभन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका, ब्राजिल, भारत र मेक्सिकोपछि बेलायत पाँचौं स्थानमा छ ।

यसैगरी, पछिल्लो २४ घन्टामा थप २२ हजार ९५० जना नयां संक्रमित थपिएको स्वास्थ्य विभागले जानेको छ । योसंगै हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या  १२ लाख ५६ हजार ७२५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा एक हजार ५१८ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार २१९  जनालाई उपचारार्थ ‘भेन्टिलेटर बेड’ मा राखिएको छ ।

हस्पिटलमा उपचार गराइरहेका कोरोना संक्रमितको संख्या १४ हजार १९६ पुगेको छ । कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या पछिल्ला दिनमा निरन्तर बढ्दै गइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू