शुक्रबार, चैत १६, २०८०
14:52 | २०:३७

मिस यूके नेपालकी विभिया पनि मिस युनिभर्स नेपालमा

नेपाली लिङ्क नोभेम्बर ११, २०२०


लन्डन । मिस यूके नेपाल २०१६ की विजेतामध्ये एक हुन् विभिया श्रेष्ठ । बेलायतका नेपाली सुन्दरीहरुबीचको उक्त प्रतिस्पर्धामा सेकेन्ड रनर अप बनेकी उनी अहिले नेपाल मिस युनिभर्स नेपालमा भिड्दैछन् ।  

विभिया ‘मिस युनिभर्स नेपाल २०२०’ मा प्रतियोगी बनेकी छन् । डिजिटल माध्यमबाट आवेदन गरेकी उनले प्रतियोगिताको अघिल्लो राउन्डमा प्रवेश पाउने आशा लिएकी छन् ।  

विभियाले आफ्ना समर्थक तथा शुभचिन्तकहरुलाई आफ्नो यात्रामा साथ र सहयोगका लागि आग्रह गरेकी छन्   

मिस यूके नेपालकी निर्देशक शान्ति गुरुङले पनि विभिया मिस युनिभर्समा सहभागी हुन लागेकोमा खुशी व्यक्त गर्दै उनलाई सफलताको शुभकामना दिएकी छन्   

मिस युनिभर्स नेपाल का टप ५० को नाम विहीबार सार्वजनिक हुँदैछ । प्रतियोगितामा बेलायतबाटै मिस इङ्ल्यान्ड सेकेन्ड रनर अप प्रतिष्ठा राउत पनि सहभागी हुँदैछन्   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू