शनिबार, वैशाख १५, २०८१
00:09 | ०४:५४

बेलायतका एनएचएस स्टाफले हप्ताको दुईपटक कोरोना परीक्षण गर्नुपर्ने

नेपाली लिङ्क नोभेम्बर १०, २०२०

फोटो मिरर

लन्डन । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) मा कार्यरत कर्मचारीहरुले हप्ताको दुईपटक कोरोना परीक्षण गर्नुपर्ने भएको छ । आजैबाट लागू हुनेगरी होम किटमार्फत एनएचएस कर्मचारीले आफैले कोरोना परीक्षण गर्नुपर्ने स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले बताएका छन् ।

बेलायतमा कोरोना परीक्षणको दायरा बढाउन योर्कशायर, नटिंगहामशायर र वेष्ट मिडल्याण्ड लगायत  करिब ७० वटा स्थानमा नयाँ द्रुत गतिको परीक्षण शुरु गर्न लागिएको छ जसबाट एक घण्टा भन्दा कम समयमा नतिजा उपलब्ध हुनेछ ।

भर्खरै लिभरपुलमा गरिएको परीक्षणपछि यसलाई अन्य विभिन्न क्षेत्रमा समेत विस्तार गर्न लागिएको हो । नयाँ प्रविधिको आधारमा सोमबार बेलायतमा दैनिक पीसीआर परीक्षण क्षमता ५ लाख १७ हजार ९५७ रहेको थियो ।

एक दिनभित्र बेलायतको पीसीआर परिक्षणको क्षमता युरोपकै सबैभन्दा बढी हो । सोमबार बेलायतमा झण्डै दुई लाख ७७ हजार पीसीआर परीक्षण गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू