बिहीबार, चैत १५, २०८०
09:25 | १५:१०

नेपाल सरकारलाई गेसोको खबरदारी: १३ बुँदेभन्दा तल-माथि नहोस्

परराष्ट्रमन्त्रालय पुगेर गराइयो ध्यानाकर्षण

नेपाली लिङ्क नोभेम्बर १०, २०२०

लन्डन । बेलायत र नेपालबीच परराष्ट्रसचिव स्तरमा बैठक बस्न लागेको पूर्व सन्ध्यामा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले उपलब्धिमुलक संवादका लागि नेपाल सरकारको ध्यानाकर्षण गरेको छ ।  

संघका सभापति कृष्णकुमार राई नेतृत्वको एक टोली मंगलबार परराष्ट्र मन्त्रालय पुगेर गोर्खाहरुको मुद्धालाई बैठकमा प्राथमिकतासहित प्रभावकारी रुपमा उठाउन आग्रह गरिएको गेसोद्वारा जारी एक प्रेस वक्तव्यमा उल्लेख छ ।  

परराष्ट्रसचिव भरतराज पौड्यालसंगको छलफलमा गेसोले बेलायतसंगको बैठकलाई गोर्खा र नेपालका पक्षमा सदुपयोग गर्न सचेत गराएको छ ।  

यसअघि प्राविधिक संयन्त्रले दुवै देशलाई बुझाएको १३ बुँदे सिफारिशबाट कुनै पनि तल-माथि हुन नसक्ने भन्दै गेसोले त्यो अडानमा अडिग रहन नेपाल सरकारलाई आग्रह गरेको छ ।  

गोर्खाहरुको दशकौँ लामो आन्दोलनको सार्थक निश्कर्षका लागि बेलायतसँगको निर्णायक वार्ता नै उत्तम विकल्प भन्दै गेसोले आसन्न सचिवस्तरीय बैठकले वार्ताको वातावरण निर्माण गर्ने आशा व्यक्त गरेको छ ।  

त्यसअवसरमा गेसो सभापति कृष्णकुमार राईले केही दिनअघि प्रधानमन्त्री केपी ओलीलाई गेसोले बुझाएको स्मरणपत्र परराष्ट्रसचिव पौड्याललाई हस्तान्तरण गरेका थिए ।  

आफूहरुसंगको छलफलका क्रममा परराष्ट्रसचिवसहित मन्त्रालयका अधिकारीहरुले गोर्खा मुद्धामा नेपाल सरकार सजग रहेको भन्दै गोर्खाहरुको भावनाको कदर हुने गरी पहल गरिने आश्वासन दिएका थिए ।  

त्यसअवसरमा गेसो पदाधिकारीहरुले पनि बेलायतसंगको आसन्न बैठक फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।  

गेसोको वक्तव्य: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू