शुक्रबार, वैशाख १४, २०८१
06:49 | ११:३४

मिस इंग्ल्याण्ड सेकेन्ड रनरअप प्रतिष्ठा ‘मिस युनिभर्स नेपाल २०२०’ मा

नेपाली लिङ्क नोभेम्बर ९, २०२०

लन्डन । बेलायत अल्डरसटनिवासी मिस इंग्ल्याण्ड २०१९ सेकेन्ड रनरअप प्रतिष्ठा राउत मिस युनिभर्स नेपाल २०२० प्रतिष्पर्धामा उत्रिएकी छन् ।

मिस युनिभर्स ग्रेट ब्रिटेनबाट बाहिर निस्केर आफ्नो देशलाई प्रतिनिधित्व गर्न मिस युनिभर्स नेपालमा सहभागी भएको प्रतिष्ठाले नेपाली लिंकलाई बताइन् । गैर आवासीय नेपालीका नाताले पनि आयोजकले प्राथमिकता दिएको उनको भनाइ छ । यही १२ नोभेम्बरका दिन टप ५० घोषणा हुंदैछ । प्रतियोगिताको फाइनल भने १८ डिसेम्बरमा तय छ ।

यसअघि मिस नेपाल प्रतियोगिताको आयोजक दि हिडन ट्रेजरसंग यसको स्वामित्व रहेपनि यस वर्षदेखि नग्मा श्रेष्ठले व्यक्तिगत रुपमा मिस युनिभर्स फ्रेन्चाइज लिएकी छन् । ‘बी ब्रेभ’, ‘बोल्ड’ एण्ड ‘ब्युटीफूल’ प्रतियोगिताको मुल मर्म छ ।

यसपटक कोभिड १९ महामारीका कारण सबै गतिविधि डिजिटल हुने प्रतिष्ठाले बताइन् । उनले मिस इंग्ल्याण्ड २०१९ मा जस्तै यसपटक पनि आफूलाई सघाउन सबैमा अपिल गरेकी छन् ।

आफ्नो विश्वास, अनुभव र लक्ष्यले गर्दा आफू मिस युनिभर्स हुने आत्मविश्वास उनमा छ । लिंग, रंग, धर्म अथवा राष्ट्रियता नभनि सबैजना शान्तिपूर्ण विश्वमा जीउन पाउन् भन्ने कामना गर्ने प्रतिष्ठाले हरेक फोरमहरुमा समान लिंग र मानसिक स्वास्थ्यको वकालत गर्दै आएकी छन् ।

रजिष्ट्रेशनका लागि नोभेम्बर ११ बिहान १० बजेसम्म समयसीमा तोकिएको छ । रजिष्ट्रेशन गर्न- http://missuniversenepal.org/

कार्यक्रम विवरण-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू