शनिबार, साउन १२, २०८१
06:21 | ११:०६

काभ्रे सोसाइटी यूके गठन, चुनियो २१ सदस्यीय कार्यसमिति

अध्यक्षमा रविन्द्र शर्मा

नेपाली लिङ्क नोभेम्बर ९, २०२०

लन्डन । नेपालमा काभ्रेपलाञ्चोक जिल्ला घर भइ हाल बेलायतमा स्थायी वा अस्थायी बसोबास गर्दै आएका काभ्रेलीहरुलाई एकबद्ध गर्ने उद्देश्यले स्थापित काभ्रेली सोसाइटी यूके औपचारिक रुपमा गठन भएको छ ।

सोमबार ‘भर्चुअल’ माध्यमबाट सम्पन्न बेलायतवासी काभ्रेलीहरुको तेस्रो बैठकले संस्थाको पूर्ण कार्यसमिति गठन गरेको छ । २१ सदस्यीय समितिमा अध्यक्षको जिम्मेवारी रविन्द्र शर्मालाई दिइएको छ । 

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा नारायण फुँयाल लेस्टर तथा उपाध्यक्षमा रामचन्द्र अधिकारी बर्मिङहम र दाबा लामा रेडिङ  सर्वसम्मत चयन भयका छन् । संस्थाको महासचिवको जिम्मेवारी रूपक पौडेलले पाएका छन् । 

त्यस्तै, कार्यसमितिको सचिवमा मिलन शर्मा वाग्ले, कोषाध्यक्षमा बलराम मैनाली र सह-कोषाध्यक्षमा जीवन थापा चुनिएका छन् । 

कार्यसमिति सदस्यहरूमा पुरुषोत्तम आचार्य, विनोद थापामगर, सुवास विष्ट, नारायण लामा, चन्द्रप्रसाद मैनाली, शान्ता तामाङ, हर्क तामाङ, गंगा ढकाल, अर्जुन सपकोटा, दुर्गा पाठक, रविन्द्रविक्रम कुंवर र यादव पराजूली छन्  

काभ्रे सोसाइटी यूकेका सल्लाहकारहरूमा तस्विर लामा, गोकर्ण हुमागाई, डा महालक्ष्मी अधिकारी, डा रमेश खोजु र शम्भु गौतम  मनोनित भएका छन् ।  

यसअघि गठित सोसाइटीको तदर्थ समितिका अध्यक्ष रविन्द्र शर्माको अध्यक्षतामा सम्पन्न बैठक मिलन शर्मा वाग्लेले संचालन गरेका थिए । नारायण फुयांलले स्वागत मन्तव्य दिएका थिए ।  

त्यस अवसरमा अध्यक्ष शर्माले विधान समितिले प्रस्ताव गरेको संस्थाको विधान पढेर सुनाएका थिए ।  जुन प्रस्तावमाथि बुँदागत रुपमा छलफल गरी सर्वसम्मतिले पास गरिएको थियो ।  

बैठकमा सहभागीबीच परिचयात्मक कार्यक्रम पनि गरिएको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू