शनिबार, वैशाख ८, २०८१
09:56 | १४:४१

अधिवक्ता सुरेन्द्र श्रेष्ठलाई पितृशोक

नेपाली लिङ्क नोभेम्बर ९, २०२०


लन्डन– गैरआवासीय नेपाली संघका पूर्व सल्लाहकार अधिवक्ता सुरेन्द्र श्रेष्ठलाई पितृ शोक परेको छ । उनका पिता गोविन्द श्रेष्ठको ९२ वर्षको उमेरमा पोखरामा आइतबार निधन भएको छ । उनको सोमबार अन्त्येष्टि गरिएको छ ।

सिन्धुपाल्चोक चौतारा गाउँ पंचायतको उप प्रधानपञ्च भएर काम गरिसकेका श्रेष्ठ पुराना कम्युनिस्ट कार्यकर्ता थिए ।

झन्डै १६ वर्ष पहिले आफ्नी श्रीमतीको निधन भएपछि उनी काठमाडौँमा माइला छोरा समाज कल्याण परिषदका पूर्व सदस्य सचिव डा जयेन्द्र श्रेष्ठ र जेठा छोरा डा आनन्द श्रेष्ठसंग पोखरामा बस्दै आएका थिए ।

उनका कान्छा छोरा अधिवक्ता सुरेन्द्र श्रेष्ठ २४ वर्ष देखि बेलायतमा बसोबास गर्दै आएका छन् । लामो समय रेस्टुरेन्ट व्यवसायमा पनि संलग्न श्रेष्ठ तत्कालिन नेकपा माओवादीका पूर्व केन्द्रिय सदस्य पनि हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू