शुक्रबार, वैशाख १४, २०८१
07:05 | ११:५०

कोभिड खोप विकासमा ठूलो सफलता: परीक्षणले देखायो ९० प्रतिशत सुरक्षा

४३ हजार बढीमा गरिएको परीक्षणमा कुनै समस्या देखिएन

नेपाली लिङ्क नोभेम्बर ९, २०२०

लन्डन । कोरोना भाइरसविरुद्धको पहिलो खोपले ९० प्रतिशत मानिसलाई कोरोना संक्रमित हुनबाट  बचाउने एक प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

कोभिड खोप विकासको क्रममा यो सफलता हासिल भएको दिनलाई खोप निर्माता फाइजर र बायोटेक ले विज्ञान र मानवका लागि ‘महान दिन’ का रुपमा उल्लेख गरेको छ ।

६ मुलुकका ४३ हजार भन्दा बढीमा गरिएको परीक्षणमा सुरक्षासम्बन्धी कुनै समस्या देखिएन । कम्पनीले यसै महिनाको अन्तसम्ममा आपतकालिन प्रयोगका लागि अनुमोदनको तयारी गर्दैछ ।

अहिले दर्जनौं भ्याक्सिन अन्तिम चरणमा पुगेका छन् । तर, सकारात्मक परिणाम देखाउने यो खोप पहिलो भएको निर्माणकर्ताले दावी गरेका छन् । तीन महिनाको अन्तरमा दुई डोज आवश्यक पर्ने र दोस्रो डोजको एक हप्तापछि मानिसहरु सुरक्षित रहने बताइएको छ ।

उक्त भ्याक्सिन अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, साउथ अफ्रिका र टर्कीमा परीक्षण गरिएको थियो । फाइजर कम्पनीले यस वर्षको अन्तसम्ममा ५० मिलियन डोज भ्याक्सिन वितरण गर्नेछ । यसैगरी, सन् २०२१ को अन्तसम्ममा १.३ बिलियन डोज भ्याक्सिन उपलब्ध गराउने विश्वास कम्पनीको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू