सोमबार, असोज २८, २०८१
23:07 | ०३:५२

पर्वत वेलफेयर सोसाइटी यूकेमा नयां कार्यसमिति

नेपाली लिङ्क नोभेम्बर ८, २०२०


लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेमा नयां कार्यसमिति चयन गरिएको छ । आइतबार सम्पन्न भर्चुअल सम्मेलनले नेत्र आलेको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको हो । अध्यक्ष आलेले दोश्रोपटक नेतृत्व सम्हालेका हुन् ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विनोद पुरी र उपाध्यक्षहरुमा अप्सरा गुरुङ र सुरज पौडेल छन् । महासचिवको जिम्मेवारी प्रकाश न्यौपानेले पाएका छन् भने सरोज केसी र भिमलाल भट्टराई सचिव चुनिएका छन् । कुलराज गुरुङ कोषाध्यक्ष तथा यम थापा र सन्जय भण्डारी सहकोषाध्यक्षमा छनोट भए ।

त्यसैगरि, सदस्यहरुमा भिम पुर्जा, नारायण गिरी, राजकुमार गुरुङ (बाबु), होमविक्रम मल्ल, प्रकाश पुन, पार्वती थापा, पार्वती पुन, ध्रुव दत्त, कल्पना गुरुङ, शोभा थापा, चन्दन गुरुङ, शान्ता गुरुङ र लिडिया गुरुङ रहेका छन् ।

कार्यक्रममा सल्लाहकारहरु ज्ञाम गुरुङ, हितकाजी गुरुङ, कुल आचार्य, दधि आचार्य, थर्क राना, मेजर कृष्ण गुरुङ, धनबहादुर थापा, हरि गुरुङ, कुसाङ गुरुङ, युवन गुरुङ र पुरन गिरीले सम्बोधन गर्दै नयां कार्यसमितिलाई बधाइ तथा शुभकामना दिएका थिए ।

सोसाइटीले बेलायत र नेपालमा विभिन्न च्यारिटी कार्य गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू