बुधबार, वैशाख १२, २०८१
04:26 | ०९:११

बेलायतद्वारा डेनमार्कबाट आउने उडानमा प्रतिवन्ध

रासस-सिन्ह्वा नोभेम्बर ८, २०२०


लन्डन–२३ कात्तिक–संयुक्त अधिराज्यले डेनमार्कबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको छ । अधिकारीहरुका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट आवागमनमा प्रतिबन्ध गरेको हो । डेनमार्कमा पछिल्लो समय कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएपछि उक्त आवागमनमा प्रतिबन्ध लगाइएको जनाइएको छ ।

डेनमार्कको डेनिस मिन्क फार्ममा कोरोना भाइरसको प्रकोप बढ्दै गएका कारण त्यहाँबाट बेलायतमा हुने गरेको आवागमनमा प्रतिबन्ध लगाइएको अधिकारीहरुले जनाएका छन् । त्यस फार्ममा ठूलो संख्यामा पशु चौपाया पनि रहेको र त्यहाँ कोरोना भाइरसको प्रकोप फैलिएको अनुमान गरिएको थियो । त्यसैले बेलायतले डेनमार्कबाट आउने नागरिकलाई बेलायत प्रवेशमा प्रतिबन्ध लगाएको बताएको छ ।
पछिल्लो समयमा बेलायतमा पनि ठूलो संख्यामा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । जसका कारण बेलायतमा पनि इंग्ल्याण्डमा दोश्रो राष्ट्रिय लकडाउन घोषणा गरि प्रतिबन्धहरु लगाइएको छ ।

शनिबारबाट आगामी १४ दिनसम्मका लागि डेनमार्कबाट आउने नागरिकहरु बेलायत प्रवेश गर्न नपाउने बनाइएको छ । बेलायतको सीमा सुरक्षा बललाई डेनमार्कबाट आउने नागरिकलाई प्रवेश गर्न नदिन आदेश दिएको जनाइएको छ ।

आगामी १४ दिनसम्मका लागि डेनमार्कमा रहेका बेलायती नागरिकलाई पनि प्रतिबन्ध लगाइने बेलायतको अध्यागमनसम्बन्धी अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू