शुक्रबार, चैत १६, २०८०
14:29 | २०:१४

बेलायतमा कोरोनाबाट थप ३५५ को मृत्यु  

२३ हजार बढी संक्रमित

नेपाली लिङ्क नोभेम्बर ६, २०२०

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट थप ३५५ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको छ । यससँगै बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४८ हजार ४७५ पुगेको छ ।

तर राष्ट्रिय तथ्याँक विभागले भर्खरै सार्वजनिक गरेको तथ्याँक अनुसार बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ हजार भन्दा बढी छ । कोरोनाका कारण मृत्यु दर्ता गरिएको आधारमा उक्त तथ्याँक सार्वाजनिक गरिएको हो ।

यसैगरी २४ घण्टाभित्र २३ हजार २८७ जना नयाँ कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म बेलायतमा कुल संक्रमितको संख्या ११ लाख ४६ हजार ४८४ पुगेको छ । दैनिक हस्पिटल भर्ना हुनेको संख्या पनि पछिल्ला दिनहरुमा निरन्तर उकालो लाग्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घण्टाभित्र एक हजार ५२५ जना कोरोना संक्रमित हस्पिटलमा भर्ना भएका छन् । यसैगरि एक हजार १८१ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ । अहिले १२ हजार ९९९ जनाको हस्पिटलमा उपचार भैरहेको छ । अहिलेसम्म एक लाख ७८ हजार भन्दा बढी कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयको तथ्याँकमा उल्लेख छ । बिहिबारबाट इंग्ल्याण्डमा एक महिना लामो लकडाउन घोषणा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू