बुधबार, वैशाख १२, २०८१
08:13 | १२:५८

इंग्ल्याण्ड आजदेखि एक महिने लकडाउनमा

लकडाउन डिसेम्बर २ सम्म लागू रहने

नेपाली लिङ्क नोभेम्बर ५, २०२०


लन्डन । इंग्ल्याण्डमा आजदेखि  एक महिने लकडाउन शुरु  भएको छ । ४ साता लामो लकडाउन डिसेम्बर २ सम्म लागू रहनेछ ।  

यो लकडाउनमा देशव्यापी रुपमा अत्यावश्यकबाहेकका सबै रिटेल पसल बन्द रहनेछन् तर सुपरमार्केटहरु खुला रहनेछन् ।  

सर्वसाधारणलाई ‘स्टे होम’ (घरमै बस्न) र आफ्नो क्षेत्रभन्दा बाहिर यात्रा नगर्न आव्हान गरिएको छ । फरक घरका मानिसहरुसँगको  जमघटमा प्रतिवन्ध छ  । तर, अन्य घरको एक जनासम्मलाई आउटडोर (घर बाहिर) भेट्न छुट पाइनेछ ।  

रिक्रियसन सेन्टर, हस्पिटालिटी क्षेत्रका पब, रेष्टुरेन्ट सबै बन्द रहनेछन् तर टेक-अवे, डेलिभरी सेवा खुला राख्न पाइनेछ । स्कुल, कलेज र विश्वविधालय बन्द गराइने छैन् । घरैबाट काम गर्न नमिल्ने अवस्थामा कामका लागि कार्यालय जान सकिनेछ ।

मनोरन्जनस्थल, हेयर ड्रेसर, नेल सलुन, जिम, लुगा तथा विद्युतीय सामग्रीका पसल सबै बन्द हुनेछन् । ‘फर्लो स्किम’ भने नोभेम्बरसम्म बढाइएको छ ।

कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढ्दै गएपछि बेलायतमा दोस्रोपटक लकडाउन गरिएको हो । सरकारले २३ मार्चमा पहिलो लकडाउन घोषणा गरेको थियो । यसअघि संक्रमण घट्दै गएपछि जुनदेखि क्रमश: खुकुलो पार्दै लगिएको थियो । तर, पछिल्लो समय संक्रमण फेरि बढ्दै जाँदा क्षेत्रगत रुपमा फरक-फरक तहका प्रतिवन्धहरु लागू गरिएको थियो ।

थप प्रतिवन्ध लागू नगरिए यहां अघिल्लोपटक भन्दा बढी दैनिक ४ हजारसम्म मानिसको मृत्यु हुने विज्ञहरुले चेतावनी दिएका थिए । सो चेतावनीपछि देशव्यापी लकडाउन नगर्ने अडानमा रहेको सरकार फेरि अर्को लकडाउनमा जाने निर्णय गर्न बाध्य भएको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू