शनिबार, वैशाख १५, २०८१
22:09 | ०२:५४

फोकस्टनवासी नेपालीले गरे राजदूतको विदाइ

राजदूतको पहिलो र अन्तिम सार्वजनिक कार्यक्रम नै फोकस्टनमा

नेपाली लिङ्क नोभेम्बर ४, २०२०

लन्डन । आफ्नो चार वर्षे कार्यकाल सकेर नेपाल फर्कन लागेका बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई फोकस्टनवासी नेपालीले विदाइ गरेका छन् । द गोर्खा मेमोरियल फण्ड यूकेले सोमबार सांझ फोकस्टनस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा एक कार्यक्रम गरि राजदूत दम्पत्तिको विदाइ गरेको हो ।

गोर्खा मेमोरियल फण्डका अध्यक्ष पूर्व काउन्सिलर धन गुरुङले राजदूतलाई मायाको चिनोसहित विदाइ गरे । ‘बेलायत आएपछि सन् २०१६ अक्टोबर २ मा महामहिमज्यूको हाम्रै ममोरियल कार्यक्रम पहिलो थियो । उहांले अन्तिम विदाइ पनि यही संस्थाको कार्यक्रम भन्नुभएको छ’, आयोजक गुरुङले भने, ‘आफ्नो कार्यकालमा राजदूत डा. सुवेदीले फोकस्टनवासी नेपाली, गोर्खा र बेलायतीप्रति देखाएको माया र सद्भाव अविष्मरणीय रहनेछ । उहांले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको हाम्रो मुल्यांकन छ ।’

पूर्व काउन्सिलर गुरुङले राजदूत डा. सुवेदीको सहयोगमा फोकस्टन टाउन र मेची नगर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको स्मरण गर्दै राजदूतलाई उनको बेलायतमा पहिलो कार्यक्रमको तस्बिर मायाको चिनो स्वरुप प्रदान गरेका छन् ।

कार्यक्रममा उपस्थित अन्य नेपालीले पनि राजदूत दम्पत्तिको विदाइ गर्दै आगामी दिनमा थप प्रगतिको कामना गरेका थिए । सो अवसरमा रिसेप्सन समेत आयोजना गरिएको थियो । दिउसो राजदूत दम्पत्तिले गोर्खा मेमोरियल पार्कको समेत अवलोकन गरे ।

यसअघि दिउसो राजदूत दम्पत्तिलाई फोकस्टन टाउन मेयर काउन्सिलर मिसेल कुटनियसले पनि आफ्नै कार्यकक्षमा विदाइ गरेकी थिइन् । विदाइ भेटका क्रममा मेयरले राजदूतको कार्यकाल सफल भएको भन्दै वधाइ र प्रशंसा गरिन् । मेयरले सन् २०२२ मा नेपाल भ्रमण गर्ने प्रतिवद्धता समेत जनाएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू