शुक्रबार, वैशाख ७, २०८१
16:23 | २१:०८

बेलायतमा एकै दिनमा ४९२ को मृत्यु

थप २५ हजार १७७ नयाँ संक्रमित

नेपाली लिङ्क नोभेम्बर ४, २०२०

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या झन्डै पाँच सय पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ४९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि एकैदिन यत्तिका धेरै मृत्यु भएको यो नै पहिलो हो । हालसम्म कोरोनाका कारण बेलायतमा ४७ हजार ७४२ जनाको ज्यान गैसकेको स्वास्थ्य विभागले जनाएको छ ।

यसैगरी २४ घण्टाभित्र २५ हजार १७७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै बेलायतमा कोरोना संक्रमित हुनेको कुल संख्या १० लाख ९९ हजार ५९ जना पुगेको छ । कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या भने निरन्तर बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा एक हजार ४२१ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार १४२  जनालाई उपचारार्थ भेन्टिलेटर बेडमा राखिएको छ । हस्पिटलमा उपचार गराइराखेका कोरोना संक्रमितको संख्या बाह्र हजार नाघेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू