शनिबार, साउन १२, २०८१
06:59 | ११:४४

इंग्ल्यान्डमा भोलिबाट हुने लकडाउनबारे संसदमा मतदान

नेपाली लिङ्क नोभेम्बर ४, २०२०

लन्डन । कोरोना भाइरस संक्रमणदर वृद्धि हुंदै गएपछि बेलायत सरकारले इंग्ल्याण्डमा भोलि बिहीबारदेखि एक महिना लामो राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । उक्त एक महिने लकडाउनका लागि सांसदहरुले आज मतदान गर्दैछन् । यद्यपि लेबर पार्टीले यसअघि नै आफ्नो समर्थन जनाइसकेको छ ।

केहि कन्जरभेटिभ सांसदले भने लकडाउनको आलोचना गर्दै आएका छन् । ‘आर्थिक र सामाजिक विनाशकारी’ लकडाउन नै कोरोना संक्रमण नियन्त्रणको एकमात्र व्यावहारिक उपाय भएको इंग्ल्याण्डका चिफ मेडिकल अफिसरले बताएका छन् ।

इंग्ल्याण्डमा बिहीबार मध्यरातबाट डिसेम्बर २ तारिखसम्म झन्डै एक महिना लामो लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमस अघि खुकुलो गर्ने गरि दोश्रो राष्ट्रिय लकडाउन घोषणा गरेका हुन् ।

‘घरैमा बस्न’ निर्देशन दिइएको सो लकडाउनमा स्कुल, कलेज र विश्वविद्यालयहरु नियमित रुपमा  संचालनमा रहनेछन् । यो लकडाउनमा देशव्यापी रुपमा अत्यावश्यकबाहेकका सबै रिटेल पसल बन्द रहनेछन् तर सुपरमार्केटहरु खुला रहनेछन् ।

रिक्रियसन सेन्टर, हस्पिटालिटी क्षेत्रका पब, रेष्टुरेन्ट सबै बन्द रहनेछन् तर टेक-अवे, डेलिभरी सेवा खुला राख्न दिइनेछ । घरैबाट काम गर्न नमिल्ने अवस्थामा कामका लागि कार्यालय जान सकिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू