शुक्रबार, वैशाख १४, २०८१
20:36 | ०१:२१

जिपीके फाउण्डेशनद्वारा पत्रकार निरौला सम्मानित

नेपाली लिङ्क नोभेम्बर ३, २०२०

लण्डन। गिरिजा प्रसाद कोइराला (जिपीके) फाउण्डेशन अमेरिकाले कोभिड –१९ संक्रमणबाट नेपाली समुदायलाई सुसूचित निर्वाह गरेको भन्दै विपिन निरौला लगायत दर्जनौंलाई पत्रकारहरुलाई सम्मान गरेको छ । निरौला हिमालयमेल डटकमका प्रधान सम्पादक तथा नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष हुन्।

सम्मानपत्र पाउने पत्रकारहरुमा अजय बावु सिवाकोटी, अमृत पाण्डे, बिजय थापा, बिजय राम पौडेल, आङ छिरिङ शेर्पा, बिष्णु पौडेल, श्याम लामा(तमाङ), छबिलाल बगाले, कृष्ण रेग्मी, केपि भट्ट, मनिषा लामिछाने, दिपक परीयार, सुनिता शर्मा कोइराला, गौतम ढकाल लगायत छन्।

सन २०२०, मार्च अन्तिम सातावाट जुलाई अन्तिमसम्म कोभिड –१९ संक्रमणका बेला समुदायलाई सचेतना फैलाउन सक्रिय पत्रकार र सामाजिक अभियन्ताहरुलाई फाउण्डेसनले गत अक्टोवर ३१ मा विभिन्न अवार्डबाट सम्मान गरेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।

फाउण्डेसनले कोरोना संक्रमणकालमा राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा लागेका फाउण्डेसनका केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामालाई गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष एंव पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले ‘कोभिड १९ च्याम्पियन अफ च्याम्पियन्स अवार्ड’ र फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामालाई ‘कोभिड १९ हिरो भोलियन्टियर अफ भोलियन्टर्स अवार्ड’ बाट सम्मान गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू