बिहीबार, वैशाख ६, २०८१
11:44 | १६:२९

बेलायतमा १८ हजार बढी संक्रमित, १३६ को मृत्यु

२४ घन्टामा एक हजार ५०५ जना हस्पिटल भर्ना

नेपाली लिङ्क नोभेम्बर २, २०२०

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका थप १८ हजार ९५० संक्रमित भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १० लाख ५३ हजार ८६४ पुगेको छ । हिजो आइतबार संक्रमित संख्या २३ हजार भन्दा बढी थियो ।

यसैगरी पछिल्लो २४ घन्टामा १३६ जना कोरोना संक्रमितको  मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अघिल्लो दिन अर्थात  आइतबार मृतक संख्या १६२ थियो । तर शनिबार भने ३२६ जनाको मृत्यु भएको थियो, जुन संख्या पाँच महिनायताकै उच्च  हो ।

बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६ हजार ८५३ पुगेको छ । कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या पनि निरन्तर बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा एक हजार ५०५ जना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ ।

हाल ९७८ जनालाई उपचारार्थ भेन्टिलेटर बेडमा राखिएको छ । हस्पिटलमा उपचार गराइराखेका कोरोना संक्रमितको संख्या झन्डै एघार हजार पुगेको छ । केहिदिनयता कोरोना संक्रमण र मृत्युदर तीव्र रुपमा बढ्दै गएपछि नियन्त्रणका लागि आउँदो बिहीबारदेखि इंग्ल्याण्डमा राष्ट्रव्यापी लकडाउन घोषणा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू