शनिबार, वैशाख २९, २०८१
04:20 | ०९:०५

प्रधानमन्त्रीलाई गेसोको स्मरणपत्र: बेलायतसँग निर्णायक संवाद गरिदिन आग्रह

१३ बुँदे सिफारिश कार्यान्वयनका लागि बेलायतलाई दबाब दिन आग्रह

नेपाली लिङ्क नोभेम्बर २, २०२०

लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ बुँदे स्मरणपत्र बुझाउँदै पूर्व गोर्खाहरुको समस्या समाधानका लागि निर्णायक पहल गरिदिन आग्रह गरेको छ ।  

गेसो सभापति कृष्णकुमार राईले सोमबार काठमाडौंस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेर आफ्ना विभिन्न मागसहितको स्मरणपत्र बुझाएका हुन् ।  

गेसो सभापति राईले प्रधानमन्त्रीको सचिवालयका सदस्य ईन्द्र भन्डारीमार्फत प्रधानमन्त्रीलाई स्मरणपत्र हस्तान्तरण गरिएको बताए ।  

प्रधानमन्त्रीलाई बुझाइएको पत्रमा गेसोले गोर्खाहरुमाथि ऐतिहासिक रुपमा हुँदै आएको विभेद अन्त्यका लागि बेलायतसँग संवाद गरी निचोड निकाल्न आग्रह गरेको छ ।  

प्राविधिक संयन्त्रले पेश गरेको १३ बुँदे सिफारिश कार्यान्वयनका लागि बेलायतलाई दबाब दिन गेसोले आग्रह गरेको छ ।  

त्यसैगरी, गोर्खाहरुको नेपाली नागरिकता सुनिश्चित गर्न, गोर्खाहरुको इतिहास झल्काउने गोर्खा संग्राहलय निर्माण गर्न, गोर्खा मामिला हेर्ने छुट्टै मन्त्रालय वा विभाग व्यवस्था गर्न पनि गेसोले माग गरेको छ ।  

गेसोले गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धी खारेज गरी बेलायतसँग दुई पक्षीय सन्धी गर्न र गोर्खाहरुको ऐतिहासिक योगदान नेपालको पाठ्यक्रममा समावेश हुने व्यवस्था गर्न समेत प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।  

गत वर्ष बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले तत्कालिन बेलायती प्रधानमन्त्री टेरेजा मेसँग गोर्खा मुद्धामा कुरा उठाएको र कूटनीतिक रुपमा प्रभावकारी कदम चाल्दै आएकोमा प्रसन्नता व्यक्त गर्दै गेसोले प्रधानमन्त्रीकै पहलमा आफ्नो समस्या किनारा लाग्न सक्ने विश्वास आफूहरुलाई रहेको जनाएको छ ।  

गेसोले प्रधानमन्त्रीलाई बुझाएको स्मरणपत्र: 


प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू