बुधबार, वैशाख २६, २०८१
14:44 | १९:२९

बेलायतको राजदूतमा प्रस्तावित रेग्मीको सुनुवाई नोभेम्बर १२ मा

उजुरी गर्नेहरु सम्पर्कमा आएनन्

नेपाली लिङ्क नोभेम्बर २, २०२०

बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी

काठमाडौं । बेलायतका लागि नयाँ नेपाली राजदूतमा प्रस्तावित लोकदर्शन रेग्मीको संसदीय सुनुवाई नोभेम्बर १२ मा हुने भएको छ ।  

उनको नामविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि संसदीय सुनुवाइ समितिले सुनुवाईको दिन तय गरेको हो ।  

यसअघि बेलायतको राजदूतमा सिफारिश  निवर्तमान मुख्यसचिव रेग्मीको नाममा तीन वटा उजुरी परेका थिए । तर, संसदीय समितिले तोकेको समयभित्र कुनै पनि उजुरीकर्ता सम्पर्कमा नआएपछि सुनुवाई प्रकिया अघि बढ्ने भएको हो ।  

संसदीय सुनुवाईबाट पास भएर उनको नाममा बेलायतले एग्रिमो पठाएपछि उनलाई राष्ट्रपतिबाट राजदूत नियुक्त गरिनेछ ।  

बेलायतका लागि प्रस्तावित रेग्मीसंगै अमेरिकामा प्रस्तावित डा युवराज खतिवडा र दक्षिण अफ्रिकामा प्रस्तावित डा. निर्मलकुमार विश्वकर्माको सुनुवाई पनि सोही दिन हुने भएको छ ।  

गत असोज १६ गते बसेको मन्त्रिपरिषदको बैठकले पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत, पूर्वअर्थमन्त्री डा. खतिवडालाई अमेरिका र डा. विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू