शुक्रबार, वैशाख १४, २०८१
12:17 | १७:०२

गुल्मी जिल्ला समाज यूकेले भर्चुअल माध्यमबाटै अपांगता च्यारिटी गर्ने

नेपाली लिङ्क नोभेम्बर १, २०२०

लन्डन । गुल्मी जिल्ल्ला समाज यूकेले वार्षिक रुपमा गर्दै आएको च्यारिटी कार्यक्रम यस वर्ष पनि निरन्तर हुने भएको छ ।  

विश्व अपांगता दिवसका अवसर पारेर हरेक वर्ष डिसेम्बर पहिलो आइतबार गरिंदै  आएको च्यारिटी कार्यक्रम यसपटक डिसेम्बर ६ तारिख आइतबार तय भएको छ ।  

कोरोना महामारीका कारण सधैंको जस्तो प्रत्यक्ष कार्यक्रम सम्भव नभएपनि भर्चुअल माध्यमबाटै च्यारिटी निरन्तर गर्ने निर्णय गरिएको हो ।  

आइतबार समाजका कार्यसमिति पदाधिकारी र सल्लाहकारहरुको सहभागितामा जुममार्फत भएको बैठकले महामारीकै बेला पनि कार्यक्रम नरोक्ने निर्णय गरेको समाजका महासचिव बीर बलालले जानकारी दिए ।  

विगतमा जस्तै च्यारिटी कार्यक्रमबाट संकलित रकममध्ये केही गुल्मीस्थित आशा अपांग केन्द्रलाई र बांकी अन्य क्षेत्रका अपांगता भएका व्यक्तिहरुलाई सहयोग गर्ने योजना रहेको महासचिव बलालले बताए ।  

समाजले सन् २०१० देखि हरेक वर्ष अपांगता दिवस च्यारिटी गर्दै आएको छ । ‘यो पटक अवस्था निकै अफ्टेरो छ । तर पनि वर्षौंदेखि निरन्तर रहेको वार्षिक च्यारिटी कार्यक्रम नरोकियोस् भन्ने हाम्रो चाहना हो’, अध्यक्ष टोप पल्ली भन्छन्, ‘विगतका वर्षमा जस्तै  कार्यक्रम गर्न नसकेपनि जति सक्छौँ, त्यति  सहयोग गरौँ भन्ने कोशिश् गर्दैछौँ ।’

सहयोग आवश्यक रहेका अपांगहरुको लागि गर्न लागिएको च्यारिटी कार्यक्रममा बेलायतस्थित नेपाली समुदायबाट पनि स्वस्फूर्त रुपमा सहयोग आउने आशा गरेको उनले बताए ।  

कार्यक्रममा अपांगताको क्षेत्रमा प्रेरणा जगाउने खालका ‘मोटिभेसनल स्पिकरहरु’ समेत ल्याउन प्रयास गरिनेछ ।  

अध्यक्ष पल्लीको अध्यक्षतामा सम्पन्न बैठक महासचिव बीर बलालले संचालन गरेका थिए । बैठकमा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्षहरु अर्जुन गौतम र राम गलामी तथा सल्लाहकारहरु मोती भन्डारी, केशव भन्डारी, रन केसी, कमल भन्डारी, फडिन्द्र  भट्टराई, कोशलेश्वर ढकाल, प्रेम गाहा, रोमनाथ पाण्डे, दासुराम पाण्डे, ओम गुरुङ, क्या ताम ढेगा, सुरेश गौतम लगायतको सहभागिता थियो ।

त्यस्तै, कार्यसमितिका उपाध्यक्षहरु तारानाथ भन्डारी, रामप्रसाद सापकोटा र मति पुन, सचिव मन्जु भन्डारी, कोषाध्यक्ष वरुण भन्डारी, सहकोषाध्यक्ष तारा भट्टराई, प्रवक्ता रुद्र थापा एवम् सदस्यहरु कमला भन्डारी, रिता सापकोटा, भोजराज भन्डारी, भक्त बलाल, शिव राना, भिम खनाल, बाबुराम भन्डारी, राधा खरेल, माया केसी, मुकुन्द खरेल, थम्मन राना लगायत पनि सहभागी थिए ।

त्यसअवसरमा एचएसबिसी बैँकमा कार्यरत सविन भन्डारीले संस्थाको आर्थिक व्यवस्थापनका लागि उपयोगी हुने खालको एक ‘प्रिजेन्टेसन’ गरेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू