शनिबार, साउन १२, २०८१
10:58 | १५:४३

बेलायतमा कोरोना संक्रमितको संख्या दश लाख नाघ्यो

संक्रमित संख्या १० लाख ११ हजार ६६०

नेपाली लिङ्क अक्टोबर ३१, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमित हुनेको संख्या एक मिलियन (१० लाख) नाघेको छ । शनिबार साँझ सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप २१ हजार ९ सय १५ जना थपिएसँगै संक्रमितको संख्या १० लाख ११ हजार ६६० पुगेको हो  ।

यसैगरी, बेलायतमा कोरोना भाइरस (कोभिड १९)  का कारण पछिल्लो २४ घन्टामा थप ३२६ जना संक्रमितको मृत्यु भएको जानकारी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको दिएको छ ।

योसंगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४६ हजार ५५५ पुगेको छ । मृत्यु हुनेमा पछिल्लो २८ दिनभित्र कोरोना संक्रमण पुष्टि भएका व्यक्ति छन् ।

कोरोना संक्रमण बढेसंगै अस्पताल भर्ना हुनेको संख्या पनि दैनिक बढ्दै गैरहेको छ । पछिल्लो २४ घन्टामा एक हजार ४४४ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल ९७८ जना कोरोना संक्रमितलाई भेन्टिलेटर बेडमा उपचारार्थ राखिएको छ भने  १० हजार ९१८ जना कोरोना संक्रमितको अस्पतालमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्ला दिनमा कोरोना भाइरस संक्रमण दर तीव्र रुपमा वृद्धि हुंदै गएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही बिहीबार नोभेम्बर ५ देखि इंग्ल्याण्डमा दोस्रो चरणको एक महिना लामो राष्ट्रव्यापी लकडाउन घोषणा गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू