शुक्रबार, वैशाख १४, २०८१
09:56 | १४:४१

म्याराडोना ६० पुगे, विश्व खेलजगतबाट शुभकामनाको ओइरो

नेपाली लिङ्क अक्टोबर ३१, २०२०


विश्वभरका खेलकुद जगतले अर्जेन्टिनी विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनालाई शुभकामना तथा वधाइ दिएका छन् । उनी शनिबार ६० वर्ष पुगेका छन् ।

ब्राजिलका महान् फुटबल खेलाडी पेलेले सामाजिक इन्स्टाग्राममा लेखेका छन्, ‘मेरो महान मित्र, म्याराडोनालाई म सदैव प्रशंसा गर्नेछु । म तपाईंलाई सदैव सहयोग गर्नेछु । तपाईंको जीवन यात्रा लामो होस् । तपाई सधैं मुस्कुराउनुहोस् र मलाई पनि मुस्कान दिनुहोस् । जन्मदिनको शुभकामना ।’

म्याराडोनालाई १५० भन्दा बढी खेलाडी तथा खेलप्रेमीहरूले अभिवादन गरेको एक भिडियो स्पेनी जनसम्पर्क प्रतिनिधि रिची कास्टेलानोसले बनाएका छन् । एक घण्टाभन्दा बढीको भिडियोमा इटालियाली युभेन्टसका सुप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पनि छन् ।

म्यारोडोनाले मेक्सिकोमा भएको सन् १९८६ को विश्वकप फुटबलमा अर्जेन्टिनालाई विजयी बनाउँदै आफूलाई विश्वकै प्रसिद्ध खेलाडीको सूचीमा स्थापित गर्न सफल भएका थिए ।

यसैबीच म्याराडोनाले आफ्नो जन्मदिनको अवसर पारेर शुक्रवार एक नयाँ परोपकारी कार्यक्रम ‘लास १० डेल १०’ को सुरुवात गरेका छन् । कार्यक्रमले अर्जेन्टिनाका गरीब समुदायलाई खाद्यान्न तथा स्वास्थ्य सामग्रीलगायत सामान प्रदान गर्ने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू