शनिबार, साउन १२, २०८१
06:16 | ११:०१

बेलायतमा एकैदिन थपिए २४ हजार ४०५ संक्रमित

पछिल्लो २४ घन्टामा एक हजार ४८९ संक्रमित अस्पताल भर्ना

नेपाली लिङ्क अक्टोबर ३०, २०२०

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप २४ हजार ४०५ जना नयाँ संक्रमित पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शुक्रबार जानकारी दिएको छ  ।

२४ घन्टामा ३ लाख ४४८ हजारमा गरिएको परीक्षणमा २४ हजार भन्दा बढी संक्रमित फेला परेका हुन् । यससँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनको संख्या ९ लाख ८९ हजार ७४५ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप २७४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । मृत्यु हुनेमा पछिल्लो २८ दिनभित्र कोरोना संक्रमण पुष्टि भएका छन् ।

हालसम्म बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४६ हजार २२९ पुगेको छ । संक्रमण बढेसंगै अस्पताल भर्ना हुनेको संख्या पनि दैनिक बढ्दै गएको छ  ।

पछिल्लो २४ घन्टामा एक हजार ४८९ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल ९७५ जना कोरोना संक्रमितलाई ‘भेन्टिलेटर बेड’ मा उपचारार्थ राखिएको छ भने १० हजार ७०८ जना कोरोना संक्रमितको अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू