सोमबार, मंसिर १५, २०७७
18:08 | २३:५३

अनुग्रह ज्वेलर्सको वार्षिकोत्सवमा ५ भाग्यशाली विजेताले पाए उपहार

नेपाली लिङ्क अक्टोबर ३०, २०२०

लन्डन । बेलायतमा नेपाली गरगहनाको व्यवसाय गर्दै आएको अनुग्रह ज्वेलर्सले आफ्नो पांचौं वार्षिकोत्सवका अवसरमा ५ जना भाग्यशाली विजेतालाई विशेष उपहार वितरण गरेको छ ।  

गोलाप्रथाको लागि क्वालिफाइ भएका नामहरुबीच  प्रत्यक्ष  रुपमा गोलाप्रथा गरी ५ विजेतालाई उपहार बांडिएको हो ।  

अनुग्रह ज्वेलर्सका निर्देशक सुमन राईका अनुसार वार्षिकोत्सव उपहार योजनाअन्तर्गत पहिलो उपहारमा आधा तोलाको सुनको लकेट इन्स्टाग्राम प्रयोगकर्ता  ‘जुनु ९’ ले जितेकी छन् ।  दोस्रो उपहारस्वरुप सुनकै पेन्डेन्ट ‘प्रजिता १९’ नामकी अर्की इन्स्टाग्राम प्रयोगकर्तालाई मिलेको छ ।  

त्यसैगरी, तेस्रो उपहार ओम्याक्स् घडी रोजा प्रकाश दास, चौंथो उपहारमा चांदीको छाप्रे औंठी शुक्ल गुरुङ र पाँचौं उपहार चांदीको टप अमृता गुरुङले जितेका छन्     

अनुग्रह ज्वेलर्सको टीमले गत शनिबार फेसबुक पेजमार्फत प्रत्यक्षप्रसारण गरी गोलाप्रथाद्वारा विजेता चयन गरेको थियो ।  

यसअघि अनुग्रहले आफ्नो स्थापनाको ५ वर्ष पूरा भएको उपलक्ष्यमा यो उपहार योजना घोषणा गरेको थियो । जसअन्तर्गत फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सन्जालमा अनुग्रह ज्वेलर्सका पेज, पोस्ट शेयर तथा लाइक गर्ने सबैको नाम गोलाप्रथामा राखिएको थियो ।  

विजेताहरुलाई एक साताभित्रमा अनुग्रह ज्वेलर्सको अल्डरसटस्थित मुख्य शोरुममा गएर उपहार संकलन गर्न आग्रह गरिएको छ । जसअनुसार विहिबारसम्म केही विजेताले आफ्नो पुरस्कार संकलन समेत गरिसकेका छन् ।  

अनुग्रहका निर्देशक सुमन राईले वार्षिकोत्सवका अवसरमा उपहार योजनामार्फत आफ्ना ग्राहक एवम् शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्ने कोशिश गरिएको बताए । विजेतालाई बधाई र सहभागी सबैप्रति आभार व्यक्त गर्दै निर्देशक राईले आगामी दिनमा पनि यस्ता कार्यक्रम जारी राख्ने बताएका छन् ।  

बेलायतमा अल्डरसट र प्लमस्टिडमा शोरुम रहेको अनुग्रह ज्वेलर्सले सुनचांदीका मौलिक नेपाली गरगहनादेखि नयाँ-नयाँ डिजाइनका आधुनिक गरगहना पनि उपलब्ध गराउँदै आएको छ । अनुग्रहले बेलायतमा मात्र नभएर युरोपमा समेत डेलिभरी सेवामार्फत आफ्नो सेवा दिँदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू