शुक्रबार, वैशाख ७, २०८१
04:28 | ०९:१३

एफएनजे यूकेको साधारणसभा नोभेम्बर २९ मा

नेपाली लिङ्क अक्टोबर २९, २०२०

तस्विर: शिव भन्डारी

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेको साधारणसभा आउंदो  नोभेम्बर अन्तिम साता गरिने भएको छ । बुधबार साँझ भर्चुअल रुपमा सम्पन्न कार्यसमिति बैठकले नोभेम्बर २९ तारिख आइतबार भर्चुअल माध्यमबाट  साधारणसभा गर्ने निर्णय गरेको हो ।  

साधारणसभामा महासचिव र कोषाध्यक्षबाट प्रस्तुत हुने वार्षिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरिनेछ ।  

साथै, यसअघि सदस्यता  शुद्धीकरणका लागि सल्लाहकार भगिरथ योगीको संयोजकत्वमा गठित समितिले बुझाएको सुझाव प्रतिवेदन पनि साधारणसभामा प्रस्तुत गरिनेछ ।  

साधारणसभा तयारीको संयोजन गर्ने जिम्मा उपाध्यक्ष विमला सेनेलाई दिइएको छ ।  एफएनजे यूकेले प्रदान गर्ने घोषणा गरेको पत्रकारिता पुरस्कारको कार्यविधिसम्बन्धी  प्रस्ताव तयार गरी साधारणसभामा पेश गर्ने जिम्मा सचिव जगन कार्कीलाई लगाइएको छ ।  

बैठकले  नेप्लिज डक्टर्स एशोसिएसन यूके, नेप्लिज नर्सिङ एशोसिएसन यूके र एनआरएनए यूकेसँगको सहकार्यमा ‘स्वास्थ्य संवाद’ सचेतना कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।  

नोभेम्बर पहिलो सातादेखि तीन महिनासम्म साप्ताहिक रुपमा संचालन हुने कार्यक्रमको संयोजन गर्ने जिम्मा संस्थाका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याललाई दिइएको छ । अर्याल संयोजक रहेको समितिको सल्लाहकारमा एफएनजे यूके सल्लाहकार भगिरथ योगीलाई राखिएको छ भने सदस्यमा उपाध्यक्ष विमला सेने, उपमहासचिव नरेन्द्र बस्नेत तथा सचिवद्व्य शिव भन्डारी र  जगन कार्की छन् । 

बैठकले महामारीको बेला समुदायको लागि आवश्यक पर्ने अन्य पेशागत तथा व्यवसायिक  परामर्श उपलब्ध गराउन छुट्टै ‘ट्रेनिङ कार्यक्रम’ समेत गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रमको संयोजक वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेललाई तोकिएको छ । 

अध्यक्ष नरेश खपांगी मगरको अध्यक्षतामा बसेको बैठक महासचिव सञ्जयभक्त कंडेलले संचालन गरेका थिए ।  बैठकमा कार्यसमितिका वरिष्ठ उपाध्यक्षद्वय ध्रुवराज अर्याल र श्याम लुइँटेल, उपाध्यक्ष विमला सेने, उपमहासचिव नरेन्द्र बस्नेत,  सचिवद्व्य शिव भन्डारी र जगन कार्की, सदस्यहरु जीवन सेन र बोम सुर्यवंशीका साथै सल्लाहकारद्वय भगिरथ योगी र विपिन निरौलाको पनि सहभागिता थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू