शनिबार, वैशाख ८, २०८१
14:02 | १८:४७

बेलायतमा एकैदिन ३६७ को मृत्यु, झन्डै २३ हजार संक्रमित

कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४५ हजार ३६५

नेपाली लिङ्क अक्टोबर २७, २०२०

लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ६७ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यो संख्या विगत पाँच महिना अर्थात मे पछिकै सबैभन्दा धेरै हो । योसंगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार ३६५ पुगेको छ ।

यसैगरी २४ घन्टाभित्र थप २२ हजार ८८५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य विभागले उल्लेख गरेको छ । दुई लाख ६१ हजार भन्दा बढी परीक्षण गरिएकोमा झन्डै २३ हजार संक्रमित फेला परेका हुन् । बेलायतमा कुल संक्रमित संख्या ९ लाख १७ हजार ५७५ पुगेको छ ।

कोरोना संक्रमणका कारण दैनिक हस्पिटल भर्ना हुनेको संख्या पनि निरन्तर बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा एक हजार १५२ जना संक्रमित हस्पिटल भर्ना भएका छन् । हाल ८५२ संक्रमितलाई भेन्टिलेटर बेडमा उपचारार्थ राखिएको छ ।

अहिले बेलायतका हस्पिटलमा ९ हजार १९९ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले विभिन्न खालका लकडाउन सम्बन्धि नीति लागू गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू