शुक्रबार, वैशाख १४, २०८१
22:25 | ०३:१०

लन्डनको पशुपतिनाथ मन्दिरमा दशैंको टीका (तस्विरहरु)

नेपाली लिङ्क अक्टोबर २६, २०२०

लन्डन । विजया दशमीको दिन सोमबार लन्डनको प्लमस्टिडमा अवस्थित पशुपतिनाथ मन्दिरमा स्थानीय नेपालीहरुका लागि टीका कार्यक्रम गरिएको छ । मन्दिर आउने भक्तजनहरुलाई पन्डितहरुले टीका, जमरा वितरण गरेका थिए ।

बिहान ८ बजे शुरु भएको टीका कार्यक्रम दिउंसो २ बजेसम्म जारी रहेको मन्दिर व्यवस्थापन समितिकी सचिव कल्पना त्रिपाठीले नेपाली लिंकलाई जानकारी दिइन् ।  

सचिव त्रिपाठीका अनुसार कोरोना महामारीका कारण आवश्यक समाजिक दूरीसहित सबै सतर्कता अपनाइयो । टीका थाप्न आउनेहरुलाई ‘वन वे’ मार्गबाट मन्दिर भित्रिने र अर्को तर्फबाट बाहिरिने व्यवस्था गरिएको थियो ।

विगतका वर्षमा दशैंको दिन मन्दिरमा टीका थाप्न आउनेहरुको भीड नै लाग्ने गरेकोमा यस वर्ष भने महामारीका कारण त्यो संख्या केही कम देखिएको छ ।  

मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र कंडेलले प्रतिकुल अवस्थाका बाबजुद आवश्यक सतर्कता र सावधानी अपनाउंदै दशैं विशेष सबै कार्यक्रम निरन्तर राखिएको बताए ।  

दशैंभर हरेक दिन नवदुर्गापूजा, चन्डीपाठ, आरतीसहित घटस्थापना, फूलपाती लगायतका महत्वपूर्ण पूजा सम्पन्न गरिएको भन्दै उनले सबै पन्डितहरु, मन्दिर समितिका पदाधिकारी, ट्रस्टी एवम् स्थानीय नेपालीहरुलाई मन्दिरको तर्फबाट धन्यवाद ज्ञापन गरे ।  

हेरौं मन्दिरमा टीकाका केही तस्विरहरु: 


प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू